प्रदेशसमाचार

निजामति कर्मचारी संगठनको अध्यक्षमा पुरुषोत्तम दाहाल चयन

सिन्धुली, २३ साउन २०७७

नेपाल निजामति कर्मचारी संगठन सिन्धुलीको अध्यक्षमा पुरुषोत्तम दाहाल सर्वसहमति बाट चयन हुनु भएको छ । सिन्धुलीमाढीमा आज भएको विस्तारित भेलाले दाहाललाई अध्यक्षमा सर्वसहमतिबाट चयन गरेको हो ।

यस्तै उक्त विस्तारित भेलाले उपाध्यक्षमा डिभिजन बन कार्यालयका संघर्ष सक्षम मिस्र, महिला उपाध्यक्षमा जिल्ला समन्वय समिति सिन्धुलीका बसन्ता घिमिरे, सह सचिबमा स्वास्थ्य कार्यालय सिन्धुलीका कुमार थापा र कोषाध्यक्षमा नापी कार्यालय सिन्धुलीका डिल्ली सौगात घिमिरे चयन हुनु भएको छ ।

संगठनका केन्द्रिय अध्यक्ष केदार प्रसाद देबकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न विस्तारित भेलाले कर्मचारी समायोजन पश्चात लामो समयदेखि रिक्त रहेको अध्यक्ष लगायतका अन्य पदहरू पुर्ति गरेको हो ।

Comment here