प्रदेशशिक्षासमाचार

९० जना विद्यार्थीलाई सहयोग

सिन्धुली, २१ साउन २०७७

सिन्धुलीको गोलन्जोर गाउँपालिका २ को सुनकोसी प्राथामिक विद्यालयका ९० जना विद्यार्थीलाई शैक्षिक तथा सरसफाई सामाग्री सहयोग गरिएको छ ।

विद्यार्थीलाई हेल्प सस्था र रोटरी क्लबद्वारा “स्कुल इन अ ब्याग कार्यक्र” अन्तर्गत विद्यार्थीलाई सहयोग गरेको हो ।
स्थानीय गौरव कार्कीका अनुसार वडा अध्यक्ष दौलत कार्की, हेल्प सस्थाका प्रमुख जिमि लामा, रोटरी क्लब अध्यक्ष सुदिप कोइराला, परिवर्तनका लागि हाम्रो अभियान सिन्धुलीको अध्यक्ष ओमकुमार कार्कीले विद्यार्थाीलाई शैक्षिक सामाग्री तथा सरसफाइका सामाग्री हस्तान्तरण गरेका थिए ।

विद्यार्थीलाई एक÷एक थान ब्याग, कपि ४, ड्रोइङ्ग कपि १, कलर पेन्सिल १ दर्जन, पेन्सिल १ दर्जन, ब्रस, मञ्जन, नङकट, साबुन, मास्क, पानीबोतल एक एक थान, डटपेन १ प्याकेट लगाएतका शैक्षिक सामाग्री सहयोग गरिएको बताईएको छ ।

Comment here