प्रदेशसमाचार

सिन्धुलीमा चट्याङ लागेर एकको मृत्यु

सिन्धुली २१ साउन २०७७

सिन्धुलीको लामिडाँडामा चट्या पर्दा एक जनाको मृत्यु भएको छ । दुधौली नगरपालिका २ निवासि ४९ बर्षिय प्रेम बहादुर घिसिङ्गको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रिका अनुसार बर्षा संगै परेको चट्याङ्गले उहाँ घाइते भएको र उपचारको क्रममा स्थानीय क्लिनिक लामिडाँडामा मृत्यु भएको हो ।

हिजो साँझ घर नजिकैको खेतमा गाई चराउन गएका घिसिङ्ग चट्याङ्ग लागि घाइते भएको र उपचारको क्रममा आज विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

Comment here