सूचना

नेपाल पत्रकार महासंघ सिन्धुली शाखाको अत्यन्त जरुरी सूचना

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले नियमित रुपमा जारी रहेको सदस्यता नविकरण अभियानको म्याद २०७७ साउन मसान्त सम्मका लागि थप गरिएको व्यहोरा अवगत गराउदछौँ । केन्द्रिय समितिले तोकेको म्यादभित्र सिन्धुली शाखा अन्तर्गतका सदस्यहरुले शुल्क र तस्बिर सहित सदस्यता नविकरणका लागि यही साउन २५ गते भित्र शाखा कार्यालय सिन्धुली मा वा निम्न पदाधिकारीहरुसंग सम्पर्क गरी नविकरण गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ । समयभित्रै सदस्यता नविकरण गरी चुन्ने र चुनिने अधिकारका साथै महासंघबाट प्राप्त हुने अन्य सेवा, सहुलियत र सिफारीशबाट बञ्चित नहुन सबै सदस्य महानुभावहरुलाई हार्दिक अनुरोध गर्दछौँ ।

सम्पर्कका लागी
राजन कार्की ९८५१००३८९३ (अध्यक्ष )
बिदुर पौडेल ९८५४०४०५८०(सचिब)

Comment here