समाचार

कर्मचारीले ईमान्दार भएर काम गर्नुपर्छ : प्रजिअ पाण्डे

सिन्धुली, १६ साउन  / शहिद मनोज–झपेन्द्र स्मृति दिवस विहिवार सिन्धुलीमा मनाईएको छ । नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति सिन्धुलीको आयोजनामा दिवस मनाईएको हो ।

दिवसका अवसरमा संगठनले जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्र सिन्धुली लाई एक थान वाटर डिस्पेन्सर हस्तान्तरण गरिएको छ । संगठनका कार्यवाहक अध्यक्ष तिलक वहादुर कार्कीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी पाण्डेले कर्मचारीहरुले इमान्दारीता पूर्वक काम गर्न पर्ने बताए । कर्मचारीहरुले सेवाग्राहीलाई खुसी पार्ने गरी र कानुन सम्वत हुने काम सहज रुपमा सेवा पाएको अनुभुत्ति गर्ने गरी सो प्रवाह गर्न आग्रह गरे । आफुले सेवा ग्राहीलाई सहज सेवा प्रवाह गरेको र समयामा नै काम सम्पन्न गरेको बिषयलाई अफिस बाट घर गएर सम्झदा र सेवा निबृत्त भईसक्दा समेत सन्तुष्ट मिल्ने बताए ।

स्मृति दिवसमा पेशागत महासंघ नेपाल सिन्धुलीका अध्यक्ष टोम प्रसाद काफ्ले, निजामति कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनका सिन्धुली उपाध्यक्ष गोविन्द कोइरालाले टे«ड युनियन आन्दोलनको भुमिका, विगत र बर्तमान अवस्थाका वारेमा चर्चा गरे ।

स्मृति सभामा संगठनका नेता पुरुषोत्तम दाहालले उपस्थित सम्पुर्णलाई स्वागत गर्दै कर्मचारी संगठन सदैब कर्मचारी हकहितका पक्षमा लागी रहेको बताए । हालै सरकारले ल्याएको कर्मचार िविद्येकको विषयमा चर्चा गरे । कार्यक्रमको संचालन सचिव पदम मगरले गरेका थिए । संगठनले हरेक बर्ष साउन १५ गते कर्मचारी शहिद झपेन्द्र कार्की, मनोज जोशी र सुरेन्द्र वि.क.को सम्झनामा स्मृति दिवस मनाउदै आएको छ ।
यसैगरी दिवसको अवसर पारेर कर्मचारी संगठन द्वारा सन्चालन हुनेगरी जनता(संगठन बिपद कोष) घोषणा गरिएको छ । उक्त कोषको राशी हाल २५ हजार रहेको छ ।

Comment here