समाचार

जिल्लाको सामुदायिक वनहरुको अनुगमन

सिन्धुली,१६ साउन / संघिय संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले जिल्लाको वैज्ञानिक वनको अवस्थाको बिषयमा अन्र्तक्रिया र स्थलगत अनुगमन गरेको छ ।

कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति पूर्ण कुमारी सुवेदीको नेतृत्वमा आएको टोलिले जिल्लाका सरोकारवाला निकायसँग डिभिजन वन कार्यालयमा अन्र्तक्रिया गरेको हो । अन्र्तक्रिया कार्यक्रममा समितिका सदस्यहरु घनश्याम खतिवडा, राज बहादुर बुढाक्षेत्री, शान्ता चौधरी र शान्तिमाया पाख्रिन , संसद गणेश कुमार पहाडी, वागमति प्रदेशसभा सदस्य प्रदिप कटुवाल, कमलाई नगरपालिका प्रमुख खड्ग बहादुर खत्री, उपप्रमुख मञ्जु देवकोटा , सामुदायिक वन उपभोत्ता महासंघ, जिल्ला महासंघ सिन्धुलीका अध्यक्ष हितलाल श्रेष्ठ , महासंघका प्रदेश उपाध्यक्ष कृष्णकुमार श्रेष्ठ,विभिन्न सामुदायिक वनका उपभोत्ता तथा पदाधिकारीहरुले अन्र्तक्रियामा आफ्नो विचार व्यक्त गरेका थिए ।

वैज्ञानिक वन लागु भएका सामुदायिक वनहरुमा वन विनाश भएको गुनासो आएपछि कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले वैज्ञानिक वन लागु भएका जिल्लाहरुमा रहेका सामुदायिक वनहरुको अवस्थाको विषयमा स्थलगत अनुगमन सुरु गरेको हो ।
अनुगमनका क्रममा तराईका जिल्लाहरुमा जस्तो सिन्धुली जिल्लामा मापदण्ड विपरित रुखहरु काट्ेको नपाईएको समितिले जनाएको छ । स्थलगत अवलोकन पछि समितिका संयोजक सुवेदीले कैलाली,कञ्चनपुरमा जुन रुपमा वैज्ञानिक वनको नाममा फडानी भएको थियो ,त्यो अवस्था सिन्धुलीमा नदेखिएको बताए ।

वैज्ञानिक वनको नाममा केही स्थानमा वदमासि भएको पाइएको भएपनि सिन्धुलीमा त्यस्तो नदेखिएको उनले बताए । वैज्ञानिक वन लागु भएर कटान भएको स्थान आएर हेर्दा माउ रुख र पूर्न उत्पादनको अवस्था पनि सन्तोष जनक पाइएको समिति सदस्यहरुले बताए ।
अन्र्तक्रिया कार्यक्रममा समुदायिक वनका पदाधिकारीहरुले वनको नाम जुन दिएको भएपनि काम सही हुनु प¥यो नाम जे भएपनि केही फरक नपर्ने बताएका छन । सरकारले ल्याएको नीति तथा कार्यक्रम अनुसार आफुहरुले सामुदायिक वन क्षेत्र भित्र गतिविधि गरेकाले राज्यले सधै उपभोत्ताहरुलाई विभिन्न वहानामा दुःख दिने गरेको भन्दै त्यस्तो गतिविधि वन्द गर्न आग्रह गरे । उनीहरुले सामुदायिक वनमा लागु भएको वैज्ञानिक वन तथा अन्य कुनै कारणले वदमासी भएको छ भने त्यस्तालाई कारबाही गर्नु पर्ने बताए । उनीहरुले देशको कुनै एक सामुदायिक वनमा भएको बदमासिलाई एउटै टोकरीमा राखेर एउटै नजरले हेर्ने र दूःख दिने गरेको बताए ।

केही व्यक्तिहरुको स्वार्थका कारण सामुदायिक वनहरु विवादमा आउने र सिधा साधा उपभोत्तालाई दुःख दिने गर्दा राज्य प्रति आम नागरिकको वितृष्ण पैदा हुने तर्फ राज्यको सरोकारवाला निकायले ध्यान दिनु पर्ने बताए ।

Comment here