आर्थिकप्रदेशसमाचार

कमलामाईले सामाजिक सुरक्षा भत्ता बैंक मार्फत वितरण गर्ने

सिन्धुली, १४ साउन २०७७

कमलामाई नगरपालिकाले चालु आर्थिक बर्षको सामाजिक सुरक्षा भत्ता बैकिङ प्रणलीबाट वितरण गर्ने भएको छ ।  कमलामाई नगरपालिकाका १४ वटै वडामा रहेका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुले अव तोकिएको बैंकमा अनिवार्य रुपमा खाता सञ्चालन गर्नु पर्ने भएको छ ।

सामाजिक विकास शाखाका बविन्द्रलाल माझीका अनुसार १४ वटै वडामा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुलाई भत्ता उपलब्ध गराउन जिल्लामा रहेका बैंकहरुसंग सम्झौता भै सकेको छ । उहाँका अनुसार शारिरिक अशक्त तथा जेष्ठ नागरिक खाता सञ्चालन गर्न बैंकमा जान नसक्ने अवस्था भएमा वडा कार्यालयमा नै बैंककाक कर्मचारी परिचालन गरि बैंकले खाता सञ्चालन गर्ने सम्झौता भएको छ ।

बैंकमा खाता खोल्न आउन नसक्ने सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरुको विवरण सार्वजनीक गरी उनीहरुको खाता सञ्चालनको असहजतामा सहजताका साथ खाता खोल्ने व्यवस्था मिलाईएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार वडा नं. १ र ६ का लाभग्राहीले ज्योती विकास बैंक, वडा नं. २ का लाभग्राहीले प्रभु बैंक, वडा नं. ३ का लाभग्राहीले मुक्तीनाथ विकास बैंक, वडा नं.४ का लाभग्राहीले मेगा बैंक, वडा नं. ५ का लाभग्राहीले राष्ट्रिय बाणिज्य बैंक, वडा नं. ७ का लाभग्राहीले लक्ष्मी विकास बैंक, वडा नं. ८ का लाभग्राहीले सिद्धार्थ बैंक, वडा नं. ९ र १० का लाभग्राहीले मेगा बैंकको भिमान शाखा, वडा नं. ११ का लाभग्राहीले ग्लोबल आईएमई बैंक, वडा नं. १२ का लाभग्राहीले कृषि विकास बैंकमा र वडा नं. १३ र १४ का लाभग्राहीले राष्ट्रिय बाािणज्य बैंक भिमान शाखा बाट भत्ता पाउनेछन् । भत्ता प्राप्त गर्न सम्बन्धित वडाको लाभग्राहीले तोकिएको बैंकमा खाता अनिवार्य खोल्नु पर्नेछ ।

नेपाल सरकारले सबै प्रकारका भत्ताहरु बैंकिङ प्रणालीबाट वितरण गर्ने निति बनाए अनुसार नै नगरपालिकाले पनि बैंक मार्फत भत्ता वितरण गर्ने योजना बनाएको उहाँको भनाई छ ।

Comment here