प्रदेशबागमतिसमाचार

चोरी अभियोगमा पक्राउ परेका बालक शौचालयबाट फरार

सिन्धुली, १४ साउन २०७७

चोरी अभियोगमा प्रहरीले पक्राउ गरेको एक १७ बर्षिय बालक शौचालयबाट फरार भएका छन् । आज दिउसो उनी शौच गर्न भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीको शौचालय गएकोमा शौचालयको भेन्टिलेसनमा रहेको ग्रिल निकाली फरार भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीलीले पक्राउ गरेका बालक दिउसो शौचालय गएको र औषत समयमा बालक ननिस्किय पछि प्रहरीले ढोका खोल्न आग्रह गरेको थियो । तर प्रहरीले ढोका खोल्दा बालक त्यहाँबाट फरार भै सकेका थिए ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रञ्जु सिग्देलले ग्रिल उद्योगमा कार्यरत बालकलाई साउन ७ गते चोरी अभियोगमा पक्रउ गरिएको जानकारी दिनुभयो । बालबालिकाको अधिकारले अरुसंगै राख्न नमिल्ने भएकाले छुट्टै कोठामा रोखका थियौ, शौचालय जानी भन्दै बालक ग्रिल निकालेर फरार भए उनको खोजि कार्य भै रहेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो ‘आवश्यक अनुसन्धानका क्रममा बालकलाई प्रहरीले मनोवैज्ञानिक असर पर्न सक्ने भन्दै बालकलाई सम्झाई बुझाई समेत गर्दै आएको थियो ।’

Comment here