जीवन सैलीप्रदेशसमाचार

कोरोनाबाट १९ हजार ६३ संक्रमित, १३ हजार ८७५ डिस्चार्ज

सिन्धुली, १३ साउन २०७७

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १९ हजार ६३ पुगेको छ । वितेको २४ घण्टामा ३११ जना नयाँ संक्रमित पुष्टि भएसंगै संक्रमितको संख्या १९ हजार ६३ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पत्रकार सम्मेलन मार्फत वितेको २४ घण्टामा ५ हजार २ सय जनाको स्वाब सङ्कलन गरी परीक्षण गरिएकोमा ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार हालसम्म १३ हजार ८७५ जना निको भएर घर फर्केका छन् । वितेको २४ घण्टामा १२१ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

Comment here