जीवन सैलीप्रदेशसमाचार

सिन्धुलीमा हाल सम्म १० जनाले जिते कोरोना

सिन्धुली, १३ साउन २०७७

सिन्धुलीमा हाल पछिल्लो पटक थप दुई जना कोरोना भाइरस जितेर घर फर्किएका छन् । यस अघि ८ जना कोरोना संक्रमित उपचार पछि निको भएर सिन्धुली अस्पतालबाट डिस्चार्ज भएका थिए ।

जिल्ला स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाहका अनुसार पछिल्लो पटक मरिण गाउँपालिका २ का ३८ वर्षिय पुरुष र दुधौली नगरपालिका ३ का २४ बर्षिय पुरुषले कोरोना जितेर डिस्चार्ज हुनु भएको हो ।

जिल्लाबाट कोरोना संक्रमित १२ जना मध्ये १० जना निको भएर घर फर्किसक्नु भएको छ । बाँकी दुई जनाको हाल आइसोलेसनमा उपचार भैरहेको छ ।

Comment here