प्रदेशबागमतिराजनीतिसमाचार

नेपाली कांग्रेसबाट निर्वाचित वडा सदस्य गिरी नेकपामा प्रवेश

सिन्धुली, १३ साउन २०७७

सिन्धुलीको तीनपाटन गाउँपालिका ४ मा नेपाली कांग्रेसबाट निर्वाचित वडा सदस्य पूर्णबहादुर गिरी नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गर्नु भएको छ । विगत २९ बर्ष देखी नेपाली कांग्रेसमा क्रियाशिल रहनु भएका गिरि नेपाली कांग्रेस पार्टी परित्याग गरि आज नेकपामा प्रबेश गर्नु भएको हो ।

गिरिलाई नेपाल कम्युनिष्ट पार्टी सिन्धुलीका अध्यक्ष लेखनाथ दहाल (राजन)ले पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रम मार्फत टिका र खादा लगाएर स्वागत गर्नु भएको थियो । गिरिलाई पार्टी सचिव प्रदिप कुटुवाल, प्रचार विभाग प्रमुख प्रलाद पोख्रेल लगाएतका नेताहरुले अभिर र खादा लगाई नेपाल कम्युनिष्ट पार्टीमा प्रबेश गरेकोमा शुभकामना दिनु भएको थियो ।

उक्त पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष दाहालले विगतका कमजोरीलाई शिक्षा लिदै आगामि दिनमा नेकपाको यात्रा, समाजबादको यात्रा निरन्तर जारी राख्ने बताउनुभयो । जनताले गरेको विश्वासलाई बढोत्तरी गर्दै नेकपाले आगामी ५० बर्ष सम्मको सत्ता सञ्चालन गर्नेमा जोड दिनुभयो ।

नेकपा सिन्धुली एकताबद्ध रहेको बताउदै कम्युनिष्ट पार्टी एक बनाउन सवै कार्यकर्ता एक हुनु पर्ने उहाँको भनाई थियो । कार्यकर्ताले फुटलाई बहिष्कार गरि एकतामा जोड दिदै आएको बताउदै सिद्धान्तलाई व्यवहारमा कार्यान्वन गर्दै सामाजिक न्याय सहितको बिकासमा नेकपा लागि परेको बताउनुभयो ।

उहाँले नेकपामा प्रवेश गर्नु हुने पूर्णबहादुर गिरीलाई दक्षता तथा क्षमताको आधारमा पार्टीले कुनै पनि कन्जुस्याई नगरि जिम्मेवारी दिने बताउनुभयो । आगामी दिनमा सुखि नेपाली समृद्ध नेपाल बनाउने संकल्पका साथ नेकपाको सिद्धान्तलाई व्यवहारमा लागु गर्न उहाँले आग्रह गर्नुभयो ।

यस्तै पार्टी सचिव प्रदिप कटुवालले मजदुर किसानको पार्टी नेकपामा प्रबेश गर्नुहुने पूर्णबहादुर गिरीलाई स्वागत गर्दै नेकपाको विचार र सिद्धान्तलाई व्यवहारमा उतार्न आवश्यक रहेको बताउनुभयो । विकास निर्माणका गतिविधिसंगै किसान र मजदुरका समस्या समाधान गर्न नेकपा सदैव लागि परि रहेको बताउदै सिन्धुलीबाट नेकपा  बलियो हुदै गएको बताउनुभयो ।

हाल जितेका स्थानमा आगामी चुनावमा पनि जितलाई कायम गर्दै र झिनो मतान्तरले नेकपाका उम्मेदवार उपविजेता वनेका स्थानमा नेकपाको विजय गराउने गरि रणनीति वनाईएको समेत बताउनुभयो । नेकपाले समग्र जिल्लाको विकासलाई सामाजिक न्याय सहितको विकास र जनताका दुःख पीर सुन्दै जनताका हरेक समस्या समाधान गर्न आफुहरु तयार रहेको बताउनुभयो ।

पार्टी प्रवेश कार्यक्रममा नेकपाका विभिन्न संगठनका प्रमुख, नेता तथा कार्यकर्ता लगाएतको उपस्थिती रहेको थियो । नेकपामा प्रवेश गर्नु भएका पूर्णबहादुर गिरीले नेकपाको विचार सिन्दान्तलाई आत्मासाथ गर्दै व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ । विगत २९ बर्ष देखी नेपाली कांग्रेसको राजनीति त्यागगरि आगामि दिनमा नेकपालाई गाउँ तथा जिल्ला देखी फेरी पनि देशको पहिलो शक्तिका रुपमा स्थापित गर्न आफु सक्रिय रुपमा लागि पर्ने उहाँको भनाई रहेको छ ।

Comment here