जीवन सैलीसमाचार

कोरोनाबाट १८ हजार ६१३ संक्रमित

सिन्धुली, ११ साउन २०७७

नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या १८ हजार ६१३ पुगेको छ । वितेको २४ घण्टामा थप १३० जनामा पुष्टि भएसंगै संक्रमितको संख्या १८ हजार ६१३ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमित मध्ये १३ हजार १२८ जना निको भएर घर गएका छन् ।

वितेको २४ घण्टामा ७५ जना कोरोना मुक्त भएका छन् । हाल कोरोना भाइरसबाट ५ हजार ४४० जनामा भाइरसको संक्रमण सक्रिय रहेको उहाँले जानकारी दिनुभयो । कोरोना भाईरसका कारण हाल सम्म ४५ जनाको मृत्यु भएको छ ।

Comment here