आर्थिकजीवन सैलीप्रदेशबागमतिसमाचार

सिन्धुलीमा मास्क नलगाउने १४६ जना कारबाहीमा

सिन्धुली १० साउन २०७७

सिन्धुलीमा मास्क नलगाउने १४६ जना कारबाहीमा परेका छन् । लकडाउन अन्त्य भएपनि कोरोना भाइरसको संक्रमण अन्त्य नभएको भन्दै मास्क नलगाई हिडडुल गर्नेलाई प्रहरीले कारबाही गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका अनुसार आज विहान कमलामाई नगरपालिका ६ स्थित बजार क्षेत्रमा मास्क नलगाई हिड्ने ५०० जनालाई सर्जिकल मास्क वितरण गरिएको छ ।

मास्क नलगाई हिडेका सर्बसधारणलाई आगामी दिनमा मास्क लगाई हिड्न अनुरोध गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
यसैविच जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बजार क्षेत्र तथा अन्यन्त्र स्थानमा मास्क नलगाई हिड्ने व्यक्तिलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले कारवाही गर्दा ९ हजार १५० रुपैंया राजश्व संक्लन भएको छ ।

अनावश्यक रुपमा हिडडुल नगर्न तथा आवश्यक कामका लागि हिड्डुल गर्दा अनिवार्य रुपमा मास्क लगाई हिडन् प्रहरीले सवैमा अनुरोध गरेको छ ।

Comment here