अजको राशिफल

आजको राशिफल (साउन १० गते शनिबार)

वि.सं. २०७७ साउन १० शनिवार इ.स. २०२० जुलाई २५। ने.सं. ११४० गुँलाथ्व श्रावण शुक्लपक्ष आज नाग पञ्चमी

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) : आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)  : आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ । तपाईंलाई आफन्तले कुनै न कुनै माध्यमबाट सहयोग गर्नेछन् । धार्मिक कार्यको योग छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) : शुभकार्यको चर्चा चल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारका सदस्यहरूसित भेटघाट हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)  : आज उमङ्ग र उत्साहमाकमी आउनेछ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । नजिकैको व्यक्तिबाट धोका पाईन सक्नेछ सचेत रहनुहोला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) : धार्मिक कार्यमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको कामसमेत सम्पादन हुनसक्छ । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) : कार्य सम्पादनमा समस्या आउला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ, तर शुभ कार्यको योजना बन्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) : आज विशिष्ठ व्यक्तिको साथ पाईनेछ । राजनीति कार्यमा सफलता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । जोश जाँगर र उमङ्ग बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) : अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) : आज शुभ कार्यको योग छ । लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । रमाईलो भेटघाट र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) : हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । आफन्तसंगको सहकार्यले लाभ मिल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) : लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउनेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) : आज रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । ज्ञान, वैराग्य र अध्यात्मको भावना जाग्न सक्छ । – ज्यो.प. नारायणप्रसाद दुलाल

Comment here