शिक्षासमाचार

तत्काललाई जनता मावि खनियाखर्कमा लागेको ताला खुल्यो

सिन्धुली, ८ साउन २०७७

गोलन्जोर गाउँपालिका ५ खनियाखर्कमा रहेको जनता माध्यमिक विद्यालयमा लागेको ताला आज खुलेको छ । प्रधानाध्यापक नियुक्तिको विषयलाई लिएर विद्यालय व्यवस्थापन समिति र अभिभावक संघले मंगलबार लगाएको ताला खुलेको हो ।

शिक्षा विकास समन्वय इकाई सिन्धुलीका प्रमुख नेत्र गजुरेल, वडा अध्यक्ष बुद्धिबहादुर पालपाली, गाउपालिका शिक्षा प्रमुख ठाकुर प्रसाद दाहाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मलकुमार रम्तेल, वडा सदस्य पूर्णबहादुर थापा, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, अभिभावक संघका अध्यक्ष खिलनाथ सापकोटा, बुद्धिजिवि, लगाएतले छलफल पछि ताला खुलेको हो ।

छलपलले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, गाउँपालिकाको शिक्षा प्रमुख, शिक्षा समन्वय इकाई सिन्धुलीका प्रमुख, अभिभावकसंघ वडा कार्यालका प्रतिनिधिको रोहबरमा अर्को प्रधानाध्यापक टुंगो नलगाउनजेस सम्मका लागि ताला खुलाउने सहमति भएपछि व्यवस्थापन समिति र अभिभावक संघले छलफल गरि विद्यालयलाई निकास दिने सहमति पछि ताला खुलेको हो ।

सो छलफल नभए सम्म विद्यालयको आर्थिक तथा प्रशासनिक कार्य कसैले पनि नगर्ने सहमति भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मलकुमार रम्तेलले जानकारी दिनुभयो । यदि अति आत्यावश्यक काम गर्नु पर्ने भएमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष, गाउँपालिकाकाको शिक्षा प्रमुखसंग सल्लाह गरि सहायक प्रधानाध्यापकबाट काम गर्ने सकिने निर्णय भएको उहाँको भनाई रहेको छ । साथै गाउँपालिकाले विद्यालयको खाता तत्कालै रोक्का गरि विद्यालयलाई जानकारी गराउने निर्णय भएको   छ ।

Comment here