बागमतिराजनीतिशिक्षासमाचार

विद्यालय व्यस्थापन समिति र अभिभावकले विद्यालयमा ताला लगाए

सिन्धुली, ६ साउन २०७७

यहाँको गोलन्जोर गाउँपालिका ५ स्थित जनता माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति र अभिभावक संघले तालाबन्दि गरेका छन ।

विद्यालयमा प्रधानाध्यापक कसलाई बनाउने भन्ने समिति बिचमा बिबाद भएकोले गाउपालिकाले मर्यादा क्रम अनुसार प्रधानाध्यापक तोकि पठाएको बिरोधमा जनाउदै उनीहरुले विद्यालयमा तालाबन्दि गरेका हुन् । विद्यालय व्यवस्थापन समिति र अभिभावक संघले मनोमानी तरिकाले विधि र प्रक्रिया विपरित प्रधानाध्यापक बनाएको भन्दै तालाबन्दि गरेको बताएका छन् ।

यता नेपाल कम्युनिष्ट पार्टी गोलन्जोर गाउँपालिका संगठन कमिटिले विद्यालयमा विज्ञप्ति जारी गर्दै विद्यार्थीको भविष्यमाथि खेलबाड नगर्न आग्रह गरेको छ ।

गाउँकमिटि अध्यक्ष केपि पोख्रेल र सचिव रेगनराज थापाद्धारा जारी गरिएको विज्ञप्तिमा कानुनी राज्य, विधिको शासनको उपहास गर्दै शिक्षा ऐनको बर्खिलापमा प्रधानाध्यापकको नियुक्त गरेकोमा गम्भिर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिलाई थाहा नै नदिई, जनप्रतिनिधिले बैठक बहिस्कार गरि रहदा गाउँपालिकाले जवरजस्ति प्रधानाध्यापक नियुक्ती गरेको उक्त हास्यास्पद र हैकमी प्रवृत्तिको हाम्रो पार्टीले घोर भत्र्सना गर्दछ विज्ञप्तिमा उल्लेख गरिएको छ । विद्यालय व्यवस्थापन समिति र अभिभावकको भावना अनुसार प्रधानाध्यापक नियुक्ती गर्न सुझाव दिएको छ ।

Comment here