बागमतिराजनीतिसमाचार

३८ औं बि.पि.स्मृती दिवसमा नेविसंघ सिन्धुलीद्धारा रक्तदान

सिन्धुली, ६ साउन २०७७

३८ औं बि.पि.स्मृती दिवसको अबसरमा नेपाल विद्यार्थी संघ सिन्धुलीले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३८ औं स्मृति दिवसको अवसरमा नेविसंघले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेको नेपाल विद्यार्थी संघ सिन्धुलीका सभापति उत्पल खड्काले जानकारी दिनुभयो । रक्तदान कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सभापति उज्वल बराल, पार्टी सचिव कृष्ण दाहाल, बरिष्ठ नेता प्रेमचन्द्र दाहाल लगाएतले रक्तदान गरेको उहाँले जानकारी दिनुभयो ।

रक्त सञ्चार केन्द्र सिन्धुलीको प्राविधिक सहयोगमा आयोजना गरिएको रक्तदान कार्यक्रममा सहभागि भई रक्तदान गर्ने सवैमा  सभापती खड्काले धन्यवाद दिनुहुदै रक्त दान नै जीवन दान भएको बताउनुभयो । अस्पतालमा रगतको आवश्यकता परेका विरामीलाई रगतको कमी हुन नदिन रक्तदान गरिएको र आगामी दिनमा पनि नेविसंघ यस्ता सामाजिक सेवामा सक्रिय रहेने उहाँले बताउनुभयो ।

नेपाली कांग्रेसका संस्थापक कोइराला २०१५ सालको आमचुनावमा कांग्रेसले २ तिहाइ बहुमत ल्याएपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नु भएको थियो । २ वर्ष काम गर्न नपाउँदै तत्कालीन राजा महेन्द्रले जननिर्वाचित संसद अपदस्त गरेपछि उहाँले लामो समय निर्वासन र जेलमा बिताउनु परेको थियो ।

वि सं १९७१ भदौ २४ गते भारतको बनारसमा जन्मिएका वीपीको २०३९ साल साउन ६ गते अर्थात् आजकै दिन निधन भएको थियो ।  उहाँले राजनीति संगै नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पु¥याउनु भएको छ । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्द्धक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् ।

कोइरालाका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’ र ‘बाबु, आमा र छोरा’ गरी ६ वटा उपन्यास प्रकाशित छन् । त्यसैगरी दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’ प्रकाशित छ । यस्तै सुन्दरीजल बन्दी गृहमा बस्दाको दैनिकीमा आधारित आत्मवृतान्त ‘जेल जर्नल’ प्रकाशित छ ।

Comment here