समाचार

पहिरो खसेपछि विपि र मध्यपहाडी लोकमार्ग अबरुद्ध

सिन्धुली, ६ साउन २०७७

सिन्धुलीमा सडक खण्ड अन्र्तगत पर्ने विपि राजमार्ग र मध्यपहाडि लोकमार्ग पहिरोका कारण अवरुद्ध भएका छन् ।

सुनकोसी गाउँपालिकामा पर्ने कमेरे फाटमा सडकमा लेदो खसेपछि सवारी आवागमन पुर्ण रुपमा रोकिएको जिल्ल प्रंहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो । सडकमा खसेको लेदो डोजले पन्छाउने काम भै रहेको उहाँको भनाई रहेको छ ।

यस्तै मध्यपहाडी लोकमार्गको सिन्धुली सडक खण्ड अन्र्तगत च्याकुटारमा सडकमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको छ । गाउँपालिकामा पर्ने बलेनी, च्याकुटारमा सडकमा खसेको पहिरो पन्छाउने काम सकिएको र च्ययाकुटारमा खसेको पहिरो पन्छाइ सडक खुलाउन डोजर पठाइएको छ ।

Comment here