समाचार

नदी किनार वरपर बसोबास गर्नेलाई सुरक्षित स्थानमा सर्न आग्रह

सिन्धुली, ६ साउन २०७७

यहाँको गोलन्जोर गउँपालिकाले सुनकोसी नदी किनार आसपासमा बस्नेलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ । नदी किनार खाली गरी सुरक्षित स्थानमा जान सवैलाई गाउँपालिकाले अनुरोध गरेको हो ।

चीनको खासा क्षेत्रमा रहेको केरुङ्ग च्छो नामको पोखरीमा अविरल वर्षाका कारण पानी भरिन गई पोखरी फुट्ने र भोटेकोशी हुँदै सुनकोशी नदीमा आकस्मिक रुपमा अहिले भइरहेको पानीको सतह भन्दा ६० मिटर माथि पानीको बहाब बढ्ने भएकोले गाउँपालिकाले यस्तो आग्रह गरेको हो ।

गाउँपालिकाले सुचना जारी गर्दै सुनकोसी नदी किनारमा रहेका खुर्कोट क्षेत्र, बलेनी क्षेत्र, वसेरी मुर्कीवेशि, कुडुँले, च्याकुटारवेशि लगायतका स्थानहरुमा बजार र मानव बस्तीहरुलाई बगाउन सक्ने र ठुलो क्षति पु¥याउन सक्ने सम्भावना रहेकोले नदी किनार खाली गरी सुरक्षित स्थानमा जान गाउँपलिकाले अनुरोध गरेको छ ।

Comment here