राजनीतिसमाचार

करिण गरेको आरोपमा पक्राउ परेका कार्यकर्तालाई नेकपाले गर्‍यो निलम्बन

सिन्धुली, ५ साउन २०७७

नेपाल कम्यिुनिष्ट पार्टी गोलन्जोर गाउँ कमिटिले विदुरप्रसाद देवकोटालाई निलम्बन गरेको छ । आज बसेको गाउँ कमिटिको बैठकले देवकोटालाई नेकपाको साधारण सदस्य समेत नरहने गरि निलम्बन  गरेको हो ।

गाउँकपालिका संगठन कमिटिका अध्यक्ष केपि पोख्रेल र सचिव रेगन थापाद्धारा जारी गरिएको विज्ञप्तीमा विदुर देवकोटा गोलन्जोर गाउँपालिका ७ नं. वडा कमिटि सचिवमा रहनु भएको र जवरजस्ति करणि गरेको आरोपमा पक्राउ गरेपछि पार्टीले निलम्बन गरेको उल्लेख गरिएको छ ।

देवकोटालाई आइतबार साँझ पक्राउ गरी हाल थुनामा परेको प्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । निज देवकोटालाई नेपाल कम्युनिष्ट पार्टीको विधान अनुसार नेकपाको साधारण सदस्य समेत नरहने गरि निलम्बन गरिएको व्यहोरा विज्ञप्ति मार्फत जानकारी गराईएको छ ।

Comment here