जीवन सैलीबागमतिसमाचार

१७ हजार ८४४ जना संक्रमित, ११ हजार ८६८ निको भएर डिस्चार्ज

सिन्धुली, ५ साउन २०७७

नेपालमा हाल सम्म कोरोना भानइरसबाट संक्रमित हुनेको संख्या १७ हजार ८४४ पुगेको छ । पछिल्लो पटक थप १८६ जनामा संक्रमण देखा परेसंगै १७ हजार ८४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्जवास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल सम्म उक्त संक्रमित मध्ये हालसम्म ११ हजार ८६८ सङक्रमित निको भएका छन् । मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमका अनुसार वितेको २४ घण्टामा १७३ जना कोरोना मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।
उहाँका अनुसार हाल सम्म सक्रिय संक्रमितको संख्या ५,९३६ रहेको छ ।

हाल सम्म क्वारेन्टाइनमा प्रदेश १ मा २,४१३, प्रदेश २ मा २,५०८, बागमती प्रदेश १,५२४, गण्डकी प्रदेश ३२७८, प्रदेश नं. ५ मा ३,५६१, कर्णली प्रदेश १,५५६, सुदुरपश्चिम प्रदेश ७,२८८ गरि २२ हजार २२८ जना रहेका छन् ।

हाल सम्म प्रदेश १ मा ७५२, प्रदेश २ मा २, ६९७, बागमती प्रदेशमा ४५१, गण्डकी प्रदेशमा १,००४, प्रदेश नं. ५ मा ३,७७१, कर्णली प्रदेशमा १,५२२, सुदुरपश्चिम प्रदेशमा १,६७१ जना कोरोना निको भई अस्पतालबाट डिस्चार्ज भएका छन् ।

प्रदेश १ मा ८४५, प्रदेश २ मा ४,६३६, बागमती प्रदेशमा ८५९, गण्डकी प्रदेशमा १,३९३, प्रदेश नं. ५ मा ४,१९१, कर्णली प्रदेशमा १,८२५, सुदुरपश्चिम प्रदेशमा ४,०९५ गरि १७८४४ जना संक्रमित भएका छन् ।

रौतहट, कैलाली र बाजुरा जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमितको उपचार भै रहेको छ भने भोजपुर, पाचथर, रसुवा, मनाङ, धनकुटा, सखंखुवासभा, मुस्ताङ जिल्लामा हाल कोरोना संक्रमितको संख्या शुन्य रहेको उहाँले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभयो ।

Comment here