जीवन सैलीसमाचार

कोरोना संक्रमितको संख्या १७ हजार ६५८

सिन्धुली, ४ साउन २०७७

कोरोना भाइरस कोभिड–१९ बाट संक्रमित हुनेको संख्या १७ हजार ६५८ पुगको छ । स्वास्थ्य तथा सजसंख्या मन्त्रालयका अनुसार पछिल्लो पटक १५६ जना कोरोना संक्रमण भएका विरामी थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिनु भएको जानकारी अनुसार हाल सम्म ११ हजार ६९५ जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । नेपालमा कोभिड–१९ बाट हालसम्म ४० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Comment here