राजनीति

नेकपामा अराजकता सिर्जना गरिएको प्रति युवासंघ र अनेरास्वियुको आपत्ति

सिन्धुली, ३ साउन २०७७

नेपाल कम्युनिष्ट पार्टी नेकपाको एकताका लागि आज गरिएको सिर्जनात्मक दवाव कार्यक्रमले विधि र पद्धतिको ठाडो उलंघन गरिएको भन्दै राष्ट्रिय युवा संघ र अनेरास्ववियुले आज पे्रस विज्ञप्ति निकालेका छन् ।

आज भएको कार्यक्रममा अनेरास्ववियु र राष्ट्रिय युवा संघको नाममा संगठन, पार्टीको झण्डा र व्यानरको दुरुपयोग भएको अनेरास्ववियु सिन्धुलीका संयोजक गोकर्ण भुजेल र राष्ट्रिय युवा संगठन सिन्धुलीका सह–संयोजक देवराज वाइवाले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

कुनै पनि संस्थागत सल्लाह र निर्णय नै नगरी सिमित नेताको उपस्थितीमा कार्यक्रमको नाममा एकिकरण पश्चात गठन भएको संगठनमा एकपक्षिय ढंगले कार्यक्रम गरि अराजकता सिर्जना गरिएको उल्लेख गरिएको छ । यस्ता गतिविधिले पार्टीको विधि र पद्धतिको ठाडो उलंघन गरिएको, पार्टी फुटलाई मलजल गर्ने गतिविधि प्रति हाम्रो घोर आपत्ति रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्ता गतिविधिमा संगठनको संलग्नता नभएको र यस्ता गतिविधिले पार्टीलाई एक बनाउने भन्दा पनि फुटाउने निश्चित भएको भन्दै यस्ता हर्कत गर्ने जो कोहीलाई कारबाहीको भागिदार बनाइयोस पार्टी नेतृत्वलाई विज्ञप्ति मार्फत अनुरोध गरिएको छ । साथै जनताको अभिमत कदर गरि स्थायी सरकार, पार्टी एकता कायम गर्न विज्ञप्ति मार्फत अपिल गरिएको छ ।

Comment here