राजनीति

नेकपाको एकताको लागी भन्दै विद्यार्थी र युवाले निकाले दवाव र्‍याली

सिन्धुली, ३ साउन २०७७

नेपाल कम्युनिष्ट पार्टी नेकपाको एकतालाई दवाव दिन भन्दै सिन्धुलीमाढीमा आज मोटरसाइकल ¥याली निकालेका छन् । अनेरास्ववियु सिन्धुली र नेपाल राष्ट्रिय युवासंघ सिन्धुलीले सिर्जनात्मक दवाव ¥याली निकालेका हुन् ।

विद्यार्थी संगठन र युवा संगठनले जुनार स्तम्भबाट सुरु गरेको ¥याली, धुराबाज हुदै नगर पुन शान्तिनगर हुदै पार्टी कार्यालय सिन्धुलीमा पुगेर समाप्त भएको थियो । ¥याली पछि अनेरास्ववियु सिन्धुलीका सह–संयोजक भानुभक्त श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी सिन्धुलीका सचिवालय सदस्य पानीराज बम्जन मार्फत नेपाल कम्युनिष्ट पार्टी केन्द्रिय कार्यालयलाई ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्र बुझ्दै उक्त ज्ञापन पत्र प्रदेश तथा केन्द्रिय कार्यालयमा पठाउन यथासक्य प्रयास गरिने बम्जनले बताउनुभयो ।

अनेरास्ववियु सिन्धुलीका सहसंयोजक भानुभक्त श्रेष्ठ र राष्ट्रिय युवासंघ नेपाल सिन्धुलीका जिल्ला अध्यक्ष भूलबहादुर रानाले हस्ताक्षर गरेको ज्ञापन पत्रमा पार्टी फुटलाई प्रसय दिने खालका विकसित घटनाक्रम बाट कम्युनिष्ट कार्यकर्ता र नेपाली जनताको भावनामा चोट पुग्न सक्ने खतरालाई ध्यानमा राखी बैचारीक र विधिसम्मत ढंगले एकता बद्ध बनाउन आवश्यक रहेको उल्लेख गरिएको छ ।

पार्टी भित्रको अन्तर संघर्षलाई गलत ढंगले लियौ तर अन्तरसंघर्षको हदलाई अनियन्त्रित नबनाई नेकपाको विधि र विधान भित्र रहेर हामीलाई मार्गदर्शन गर्नु हुनेछ भन्ने कुरामा आशाबादी छै ज्ञापन पत्रमा उल्लेख गरिएको छ । ज्ञापन पत्रमा जनभावना र कार्यकर्ताको मनोआकाङ्क्षा पुरा गरी पार्टी एक ढिक्का रहेको र अन्तकाल सम्म रहि रहने सन्देश सिघ्र आउने कामना समेत गरिएको छ ।

¥याली सहित पार्टी कार्यालयमा पुगेका विद्यार्थी तथा राष्ट्रिय युवासंघका आवद्ध युवाहरुले पाटी एकता जिन्दाबाद !, गुटबाद–फुटबा मुर्दाबाद !, आज होइन भोलिलाई व्यक्ति हैन विधिलाई !, मुल्य बृद्धि नियन्त्रण गर ! जस्ता नारा लगाएका थिए ।

यो पनि

‘आजलाई हैन भोलीलाई, पाँच बर्ष सम्म ओलीलाई’ भन्दै सिन्धुलीमा र्‍याली

Comment here