समाचार

सिन्धुली प्रशासनले भन्यो महादेवका मन्दिरमा मेला, पर्वहरु नगर्नु

सिन्धुली, २ साउन २०७७

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले जिल्लाका महादेव मन्दिरहरुमा मेला पर्व नगर्न आग्रह गरेको छ । नेपालीहरुको धार्मीक आस्थाको धरोहरको रुपमा रहेको महादेवका मन्दिरहरुमा कोरोनाको संक्रमणबढ्न सक्ने भन्दै मेला पर्व नगर्न आग्रह गरेको हो ।

प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले सर्वसाधारणका लागि जारी गर्नु भएको सूचनामा कोरोना भाइरसको जोखिम कायम नै रहेको अवस्थामा साउन महिनामा नेपालीहरुको आस्थाको धरोहरका रुपमा रहेको महादेव मन्दिरहरुमा ठुलो मात्रामा भक्तजनहरुको उपस्थिती हुने हुँदा यसबाट कोरोनाको संक्रमण बढ्न सक्ने सम्भावनालाई मध्यनजर महादेव मन्दिरहरुमा मेला पर्व नगर्न तथा नगराउन सवैमा अपिल गरिएको छ ।

प्रशासनका अनुसार दुधौली नगरपालिक २ मा रहेको मधुगंगा महादेव मन्दिर, सुनकोसी गाउँपालिका १ मा पर्ने कुशेश्वर महादेव मन्दिर लगाएतका जिल्ला भित्र रहेका महादेव मन्दिरहरुमा ठुलो संख्यामा भक्तजनहरुको उपस्थिती हुने हुँदा यसबाट कोरोनाको संक्रमण बढ्न सक्ने भन्दै यस्ता स्थलमा मेला, पर्वहरु नगर्न, नगराउनका साथै भक्तजनहरुलाई समेत उपस्थित नहुन पनि सूचना जारि गर्दै आग्रह गरिएको छ ।
कोरोनाको संक्रमणको उच्च जोखिमका कारण अप्नाउनु परेको यस व्यवस्थाबाट समस्त भक्तजनहरुमा पर्न जाने असुविधा प्रति क्षमा माग्न चाहान्छौ जिल्ला प्रशासन कार्यालय सिन्धुलीले शुक्रबार जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।

Comment here