राजनीतिसमाचार

‘आजलाई हैन भोलीलाई, पाँच बर्ष सम्म ओलीलाई’ भन्दै सिन्धुलीमा र्‍याली

सिन्धुली, २ साउन २०७७

सिन्धुलीमाढीमा आज प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थन जनाउदै युवाहरुले मोटरसाइकल र्‍याली निकालेका छन् । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष समेत रहनु भएका ओलीको राजीनामा माग्नु अनुचित भएको भन्दै खवरदारी गर्न युवाहरुले र्‍याली निकालेका हुन् ।

ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट राजीनामा दिन नेकपाका शिर्ष नेताहरुले केही समय देखी दवाव दिएको भन्दै युवा तथा विद्यार्थीहरुले पार्टी नेतृत्वलाई र्‍याली मार्फत खवरदारी गरेको जनाएका छन् । धुराबजारबाट सुरु भएको मोटरसाइकल र्‍यालीले बजार परिक्रमा गरि जुनार स्तम्भमा आएर कोण सभामा परिणत भएको थियो ।

कोणसभामा पुगेका युवाहरुले स्थिर सरकार र समृद्धिको पक्षमा एकतावद्ध हुन उनीहरुले आह्वान गरेका थिए । ओली पक्षका नेकपा कार्यकर्ताहरुले ओलीलाई पार्टी अध्यक्षबाट हटाउने भए चाँडो महाधिवेशन गरी हटाएर देखाउन चेतावनी दिएका छन् । ओलीको राष्ट्रवादी भएको बताएका युवाहरुले ‘आजलाई हैन भोलिलाई, पाँच बर्ष सम्म ओलिलाई’, ‘जनताको अभिमतको आपमान नगर’, ‘स्थायी सरकार कायम गर’, ‘बाह्र हस्तक्षेप बन्द गर’, ‘भारतिय मिडिया बन्द गर’ ‘पार्टी एकता कायम गर’ जस्ता प्लेकार्ड सहित मोटरसाइकल र्‍याली  निकालेका थिए ।
ओलीको सर्मथन, पार्टी एकता र स्थायी सरकारको पक्षमा पुगेका युवाहरुले यो शक्ति प्रदर्शन नभई सांकेतिक दवाव र्‍याली (खबरदारी) भएको प्रतिक्रिया दिएका छन् । सडकमा सयौं, हजारौ संख्या उतारे मात्र प्रभावकारी समर्थन रहेको भन्ने मानसिकता गलत भएको भन्दै एक युवाले भन्नुभयो ‘यो सांकेतिक र्‍याली हो, कोरोनाको महामारी हटी नसकेको अवस्थामा पार्टी एकता र स्थायी सरकारका लागि स्वत स्फुर्त दवाव र्‍याली निकालेका हौ ।’

देश कोरोना महामारीविरुद्ध लडिरहेको अवस्थामा सरकारलाई सहयोग गर्नुपर्ने युवाहरुको भनाइ छ । ‘लिपुलेक लिम्पियाधुरा हाम्रो हो’, ‘मान्छेको सान बोलिले, नेपालको सान ओलीले’, ‘सरकार फेर्न खोज्ने भारतीय मतियार विरुद्ध जनता जाग्दैछन्’ जस्ता प्लेकाड सहित र्‍याली निकोका थिए ।

Comments (1)

Comment here