आर्थिकसमाचार

ट्रक यातायात व्यवसायि भ्याटमा जानु नपर्ने सहमति

सिन्धुली १ साउन २०७७

नेपाल ट्रक यातायात व्यवसायि महासंघले आफ्ना विरोधका कार्यक्रमहरु फिर्ता गरेको छ । नेपाल सरकार अर्थ मन्त्रालय र महासंघहरु विच बुधबार सम्झौता भएपछि आन्दोलनका कार्यक्रमहरु फिर्ता गरेको हो ।

नेपाल ट्रक यातायात व्यवसायि महासंघका महासचिव राजेन्द्र विक्रम बानियाले भएको सम्झौता कार्यान्वयनका लागि आन्दोलन फिर्ता गरेको बताउनुभयो । उहाँका अनुसार ट्रक व्यवसायिसंग सम्बन्धित स्थायी लेखा नम्बर, भुक्तानीमा लाग्ने अग्रीम कर कट्टी मुल्य अभिबृद्धि कर दर्ता लगाएतका विषयमा नेपल सरकार अर्थ मन्त्रालय राजस्व व्यवस्थापन महाशाखा, आन्तरिक राजस्व विभाग, नेपाल ट्रक व्यवसायि महासंघ र नेपाल यातायात व्यवसायि महासंघका पदाधिकारीको बैठकले व्यवसायिको माग सम्बोधन गर्ने गरि निर्णय गरेको छ ।

उहाँका अनुसार अधिकांश ट्रक व्यवसायिहरुले स्थायि लेखा नम्बर नलिई करको दायरा बाहिर रहेको र त्यस्ता व्यवसायिलाई व्यवसाय दर्ता गरि स्थायी लेखा नम्बर प्राप्त गर्न विभिन्न कठिनाईहरु रहेको भन्ने व्यवसायिहरुको मागलाई संवोधन गरि सरल र सहज रुपमा व्यवसाय दर्ता गरि स्थायी लेखा नम्बर प्रदान गर्ने प्रयोजनका लागि आफैले ढुवानीको कार्य नगरी ट्रक भाडामा दिने व्यक्तिहरुलाई स्थानीय तहमा सुरु व्यवसाय सुरु दर्ता गरी सो व्यवसाय दर्ताको आधारमा वा ट्रक ब्लु बुकको आधारमा आन्तरिक राजस्व कार्यालय/करदाता सेवा कार्यालयबाट स्थायी लेखा नम्बर जारी गर्ने व्यवस्था आन्तरिक राजस्व विभागले मिलाउने सहमति भएको छ ।

साथै त्यसरी स्थायी लेखा नम्बर जारी गर्दा स्थानीय तहमा व्यवसया दर्ता भएको अवस्थामा व्यवसाय दर्ता गर्ने स्थानीय तहसंग सम्बन्धित कार्य क्षेत्रमा रहेको कार्यालय र ब्लुबुकको आधारमा स्थायी लेखा नम्बर प्रदान गर्दा ब्लुबुकमा उल्लेख भएको धनी ऋणीको नागरिकता जारि भएको जिल्ला वा ब्लुबुक जारी गर्ने यातायात व्यवस्था कार्यालय रहेको जिल्लासंग सम्बन्धित कार्यालयबाट स्थायी लेखा नम्बर प्रदान गर्ने निर्णय भएको छ ।

आय कर ऐन २०५८ को दफा ८८ को उपदफा (१) को खण्ड (८) बमोजिम बाहेकका प्राकृतिक व्यक्तिको ढुवानी साधन (ट्रक) भाडामा दिए बापतको भुक्तानी रकममा २.५ प्रतिशतका दरले गर्नु पर्ने अग्रिम कर कट्टिलाई अन्तिम कर कट्टी हुने व्यवस्था गर्ने सहमति भएको छ । त्यस्ता व्यक्तिले आफुले ढुवानीको कार्य नगरि आफुसंग रहेको ढुवानीको साधन (ट्रक) ढुवानी व्यवसायिलाई भाडामा दिए बापतको कारोबारमा देखिएको मुल्य अभिबृद्धि कर सम्बन्धि समस्याको बारेमा उपयुक्त कानुनी व्यबस्था गरि समाधान गर्ने समेत निर्णय भएको छ ।

यस निर्णयले लकडाउनका कारण समस्यामा परेका ट्रक ब्यबसायिहरुलाई केही रुाहत मिल्ने ट्रक व्यवसायि संघ सिन्धुलीका अध्यक्ष  ताराबहादुर दाहाल (दिपक) ले बताउनुभयो ।

Comment here