जीवन सैलीबागमतिसमाचार

सिन्धुली अस्पतालमा प्रसुती वार्ड उद्घाटन

सिन्धुली, १ साउन २०७७

सिन्धुली अस्पतालमा आजबाट पोष्ट अप्रेसन वार्ड (प्रसुती वार्ड) उद्घाटन गरिएको छ । सिन्धुली अस्पतालमा गर्भवतीको अप्रसन पछि उक्त राखिने वार्डको उद्घाटन भएको हो ।

उक्त वार्डको उद्घाटन पछि निरीक्षण गर्दै कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले कमलामाई नगरपालिकामा अझै पनि घरमा नै प्रसुती गराउने क्रम रहेको भन्दै त्यस्ता व्यक्तिहरुलाई पनि अस्पतालको पहुचमा ल्याउन कमलामाईले आवश्यक सहयोग गने बताउनुभयो ।
नगरपालिकाले बर्थिङ सेन्टरको स्थापना, शहरी स्वास्थ्य क्लिनिक लगाएतलाई व्यवस्थित गर्दै सिन्धुली अस्पतालमा आवश्यक पर्ने स्वास्थ्य सामाग्रि लगाएत गुणस्तरीय सेवा प्रवाहमा आवश्क पर्ने सम्पुर्ण प्रकारको सहयोग गर्दै आएको र भोलीका दिनमा पनि गर्ने बताउनुभयो ।

अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोख्रेलले संघिय ससर्त बजेट १३ लाख, उज्वलविक्रम थापाबाट प्राप्त दुई लाख, सामुदायिक वन उपभोक्ता महासंघबाट प्राप्त १ लाख र विजय कुबर बाट प्राप्त २० हजार रुपैंया प्राप्त भएको बताउनुभयो । उक्त रकमलाई जम्मा गरि टेण्डरबाट १६ लाख ११ हजारमा ७ वेडको पोष्ट अपरेटिभ वार्ड (प्रसुती वार्ड) २० दिनमा टेण्डर प्रक्रियाबाट निर्माण गरिएको बताउनुभयो ।
यस वार्डमा कमलामाई नगरपालिकाले १० लाख बराबरको आवश्यक सामाग्रही उपलब्ध गराएको उहाँले जानकाी दिनुभयो । उहाँले समयमा नै वार्ड वनाउन खटिने कर्णबहादुर कार्की, सहयोग गर्ने कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्री, सामुदायिक वन उपभोक्ता महासंघ सिन्धुली, उज्वलविक्रम थापा, विजय कुवर सवैमा धन्यवाद दिनुभयो ।

अध्यक्ष पोख्रेलले सिन्धुली अस्पतालका केही भौतिक संरचना पुनःनिर्माण्का लागि डाक्टरहरुको क्वाटर लगाएत अन्य संरचना भत्काउनु पर्ने भएकाले साविक जिल्ला विकास समितिको भवन अस्पतालले केही समयलाई उपभोग गर्न पाउने व्यवस्था मिलाईदिन प्रमुख जिल्ला अधिकारी योगेन्द्रबहादुर पाण्डे, कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीलाई आग्रह गर्नुभयो । उक्त भवनमा आवश्यक रंगरोगन लगाएतका अन्य कार्य सिन्धुली अस्पतालले नै गर्ने बताउनुभयो ।

साथै नेपाल रेडक्रस सोसाइटिले सञ्चालन गर्दै आई रहेको भवना अस्पतालका केही सेवा विस्तार गर्नका लागि उक्त भवन लिनु पर्ने अवस्था रहेको यदि त्यसो नभए अस्पतालले सेवा कटौती गर्नु पर्ने अवस्था आउने बताउनुभयो । अस्पतालले अवको दुई बर्ष अत्यन्त कष्टका साथ सेवा प्रवाह गर्नु पर्ने अवस्था रहेको र यस कार्यमा पहल गरि अस्पतालको सेवा सहजरुपमा सुचारु गर्ने कार्यक्रम सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।

Comment here