जीवन सैलीसमाचार

कोरोना संक्रमितको संख्या १७ हजार ६१

सिन्धुली, ३० असार २०७७

नेपालमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ । वितेको २४ घण्टामा थप ११६ जनामा उक्त भाइरस पुष्टि भएसंगै संक्रमितको संख्या १७ हजार ६१ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार वितेको २४ घण्टामा ३४ जना कोरोनालाई जितेर घर फर्किएका छन् । १० हजार १२८ जना निको भई घर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा प्रदेश नं. १ मा ९ जना, प्रदेश २ मा ४४, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा ४ जना, प्रदेश ५ मा २१जना, कर्णली प्रदेशमा ११ जना, र सुदुरपश्चिम प्रदेशमा २० जना संक्रमित भएका छन् ।

उहाँका अनुसार हाल सम्म प्रदेश नं. १ मा ७७५, प्रदेश २ मा ४,३९२, बागमती प्रदेशमा ८२१, गण्डकी प्रदेशमा १,२७८, प्रदेश ५ मा ४,०९२, कर्णली प्रदेशमा १,७४७ र सुदुरपश्चिम प्रदेशमा ३,९५६ जना संक्रमित भएका छन् ।

Comment here