साहित्य

म कस्को मान्छे, बुझाउनुस् म कता ?

महाकाली सन्धी हुँदै गर्दा
मर्माहत थिएँ,दुखित थिएँ
सडकमा नारा लगाउँदै थिएँ
महाकाली सन्धी धोका हो !
समय बित्तै गयो पार्टी फुटमा पुग्यो
माले र एमाले !
फुटलाई अभिसाप भन्दै कुर्लिय
क बामदेबलाई धारिमहात लाएर सरापेँ
जानेँ कि जानिन म बुझ्दिन
तर मेरो कित्ता छुट्टिन सकेन
अब भन्दिनुस् अग्रज कम्रेडहरु म कस्को?

आफु त बगरको मान्छे
टाउकाको मूल्य तोके घरभित्रका शेरहरुले
टाउको त आएन मूल्य तलब जस्तै बड्यो
शासन हातमालिए माइला सरकारले
चुनाव गराए स्थानिय निकाएको
बिना मत पगरी गुथे महामहिमको
वृद्द बाजेहरु सक्षम भए जोसिला युवाहरु
असक्षम भए
जनयुद्द चर्किएकै थियो
राजा हाम्रा मुटु छाम्दै भर्ती केन्द्रमा भर्ना गर्दै थिए
गिरिजाहरु दृण थिए संघर्षको मोर्चामा
हाम्राहरु प्रतिगमन आधा सच्चियो भन्दै
सपथ खाँदै मन्तृहुने दौडमा कुद्दै थिए
म खबरदार नेताहरु,हामीलाई फसाईदैछ भन्दै थिएँ
तल
अगेनाको डिलबाट
अब भन्नुस अग्रज कम्रेडहरु,म कसको मान्छे?

लोकतन्त्र आयो युद्द अन्त्य गरियो
सम्झौता भयो दिल्लिमा बसेर
म भन्दै थिएँ त्यो भारत हो भनेर
सम्युक्त सरकार बन्यो,समझ्दारिको दस्तावेज तयार भए
सम्बिधान सभाको चुनाव हुँदै थियो
प्रचण्ड मिल्ने कुरा गर्दै हुनुहुन्थ्यो एमाले संग
म पनि रमिन्टारको पैराको डिलबाट कराउँदै थिएँ
कम्युनिस्ट एकता जिन्दावाद
मेरो आवाज लग्दाहा खोलाले बगाउँदै थियो
प्रचारमा लाग्यौ,चुनाव हार्यौ
अनि भन्दै थियौ माओवादी संग चुनावी
तालमेल गर्न पाको भए
प्रचण प्रधानमन्त्री बन्नु भो
पशुपतिको पुजारी भट्टालाई हटाउने निर्णय गर्नु भो
म उहाँको लाइनमा उभिएँ
कटुवाललाई कार्वाही गर्न खोज्नु भो
म विरुद्दमा उभिएँ,गिरिजालाई राष्टपती दिनु भएन
मैले समेत चित्त दुखाएँ
उहाँको सत्ता ढल्यो म चिन्तित भएँ
अब भन्नुस् मेरा अग्रज काम्रेडहरु म कस्को मान्छे?

माधब कम्रेड प्रधानमन्त्री बन्नु भो
गलत भो भने,झलनाथ कम्रेड प्रधानमन्त्री भन्नू भो
गलत भो भने
बाबुराम कम्रेड प्रधानमन्त्री बन्नु भो गलत भो भने
केही सीप नलागेर,दलहरुले प्रम बनाउन नसकेर
खिलराज रेग्मि लगायत कर्मचारी सरकार बनाउनु भो
गलत भो भने
चुनाव भयो सन्त सुशील कोईराला प्रम हुनु भो
संविधान आयो भारतले हस्तक्षेप गर्न खोज्यो
सबै जना एकै ठाउँ उभिनु भो
सलाम ठोके,बाबुराम लगाएत मधेसवादी भागे
गलत भो भने
नाकावन्द गर्‍यो छिमेकिले
केपि प्रम हुनुहुन्थ्यो,चट्टान जस्तै उभिनु भो
सलाम गर्‍य,र केपि कम्रेडलाई मन मुटुमा सजाय
सुशील कोईराला मर्नुभो
नेपालका सन्त नेताको अन्त्य भएको आभासमा धरधरी रोयँ
अब भन्नुस् अग्रज काम्रेडहरु म कस्को मान्छे?

पार्टी एकता भयो
एउटै घोषणापत्रमा चुनाव जित्यौ
नेपाली कम्युनिस्ट आन्दोलनले ठूलो विजय प्राप्त गर्यो
सरकार बन्यो,केपि काम्रेड प्रम बन्नु भो
लिपुलेक कालापानी टिंकर लिम्पियाधुरा
नेपाली नक्सामा समाहित भए
राष्ट्रिय एकताको काएम भयो
म केपिको अन्ध समर्थक बने
नागरिकता विधेयक पास गरियो
अङ्गिकृत नागरिकलाई सातवर्षमा मात्र नागरिकता दिने
बिधेयक पारित गरियो म केपि कै भक्त बने
म सामुहिक नेतृत्वमा विश्वास गर्ने मान्छे
विधि र विधान सम्बत अगाडी बड्नुपर्छ भन्ने मान्छे
पार्टिले सरकार चलाउनु पर्छ
कम्युनिस्ट सरकार पार्टीकै अधिनस्थ हुनुपर्छ भन्ने मान्यता बोक्छु
यो सबालमा मेरो क प्रचण्ड नेपाल खनाल संग मत मिल्छ
उहाहरुकै कित्तामा प्रष्ट अडान राख्छु
सरकार फेर्ने कुरामा मेरो पुर्ण असहमती छ
पाँच वर्ष विधि सम्बत सरकार चल्न पाउनु पर्छ
मेरो प्रष्ट धारणा छ
अब भन्नुस मेरा अग्रज कम्रेडहरु
मलाई बुझाउनुस् मेरा लिडर कम्रेडहरु म कस्को मान्छे
मेरो कित्ता कुन हो म कस्को हुँ,म गलत छु कि ठिक छु?

Comment here