जीवन सैलीसमाचार

१६ हजार ९४५ जना संक्रमित , १० हजार २९४ जना डिस्चार्ज

सिन्धुली, २९ असार २०७७

नेपालमा पछिल्लो पटक कोरोना भाइरसबाट संक्रमित हुने संख्या १६ हजार ९४५ पुगेको छ । आज १४४ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या १६ हजार ९४५ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता  जागेश्वर गौतमले आज पत्रकार सम्मेलन मार्फत दिएको जानकारी अनुसार   अहिले सकृय संक्रमित ६ हजार ६१३ रहेका छन् । । उहाँका अनुसार वितेको २४ घण्टामा कोही पनि रेड जोनमा परेको छैन । २४ घण्टामा ५ हजार ८५६ हजार पीसीआर परीक्षण भएको छ ।

उहाँका अनुसार आज संक्रमित मध्ये १ हजार ७०५ जना निको भएर डिस्चार्ज भएका छन् । नेपालमा कोरोनालाई जित्नेको संख्या १० हजार २९४ पुगेको छ  ।

Comment here