समाचार

बुद्धनगरमा बुद्धको मुर्ती अनावरण

सिन्धुली, २९ असार २०७७

कमलामाई नगरपालिका ७ बुद्धनगरमा गौतम बुद्धको मुर्ती आज अनावरण गरिएको छ । भगवान गौतम बुद्धको मुर्ती मेयर खड्गबहादुर खत्रीले अनावरण गर्नु भएको हो ।

कमलामाई नगरपालिकाको १५ लाख रुपैंया, र उपभोक्ताको श्रमदान नगद सहित ३ लाख ७५ हजारको लागतमा गौतम बुद्धको मुर्ती स्थापना गरिएको कमलामाई नगरपालिकाका प्रवत्ता एवं ७ नं. वडा अध्यक्ष कर्ण घिसिङले जानकारी दिनुभयो ।

शान्तीदुत गौतमबुद्धको मुर्ती निर्माण कार्यमा सहयोग गर्ने सवैमा धन्यवाद दिदै नेपालमा जन्मुनु भएका गौतमबुद्ध कुनै जातजातीका लागि मात्र नभएर संसारैभरी शान्तीदूतका रुपमा स्थापीत भएको बताउनुभयो ।

घिसिङको अध्यक्षतामा भएको मुर्ती अनावरण कार्यक्रमा नगरप्रमुख खड्ग बहादुर खत्री, प्रमुख जिल्ला अधिकरी योगेन्द्र प्रसाद पाण्डे, नगर उप प्रमुख मन्जु देवकोटा, प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदिको विशिष्ट आतिथ्यता, सुरक्षा निकायाका प्रमुखहरु, विभिन्न वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडास्तरिय राजनैतिक दलका प्रमुख÷प्रतिनिधिहरु, तथा स्थानिय वासिन्दाको उपस्थिति रहेको थियो ।
बुद्धनगरमा रहेको भगवना गौतमबुद्धको मुर्ती ३०० किलो धलोटको रहेको छ भने उक्त मुर्ती नेपाली सेनामा कार्यरत माधव पौडेल बनाउनु भएको हो ।

Comment here