जीवन सैलीसमाचार

१६,८०१ संक्रमित, ८५८९ ले जिते कोरोना

सिन्धुली, २८ असार२०७७
नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १६ हजार ८०१ पुगेको छ । पछिल्लो पटक ८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसंगै संक्रमितको संख्या १६ हजार ८०१ पुगेको हो ।

स्वास्थ्य तथा जनसंख््या मन्त्रालयका प्रवक्ता  जागेश्वर गौतमले पत्रकार सम्मेलन मार्फत वितेको २४ घण्टामा ३ हजार ९१६ पीसीआर परीक्षण भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार कोरोना संक्रमित संख्या मध्ये हाल सम्म ८ हजार ५८९ जनाले कोरोना भाइरस जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् । आज मात्र १४७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको उहाँका भनाई छ ।

Comment here