राजनीतिसमाचार

हरिहरपुरगढीमा कांग्रेस परित्याग गरि २३ जना नेकपामा प्रबेश

सिन्धुली, २७ असार २०७७

हरिहरपुरगढी गाउँपालिका ५ मा आज २३ जनाले नेपाली कांग्रेस पार्टी परित्याग गरि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रबेश गरेका छन् ।
नेपाली कांग्रेस हरिहरपुरगढी गाउँपालिका सदस्य सन्तबहादुर बलको नेतृत्वमा २३ जना नेकपामा प्रबेश गरेका हुन ।

सन्तबहादुर वल हाल उहाँ नेपाली कांग्रेस हरिहरपुरगढी गाउँपालिका कार्य समिति सदस्य रहनु भएको थियो । उहाँ यस साविक महेन्द्रझ्याडी गाउँ विकास समिति वडा नंं ९ का नेपाली कांग्रेसका वडा अध्यक्ष समेत रहनु भएको थियो । लामो समय नेपाली कांग्रसमा आवद्ध भएर राजनीति गरेपनि पार्टी प्रति असन्तुटि जनाउदै उहाँ लगाएतको टोलीले पार्टी त्याग गरेको बताइएको छ ।

वलको नेतृत्वमा पन्चलाल बम्जन, दिलबहादुर पाख्रिन, प्रकाश बल लगाएत २३ जनालाई नेपाल कम्युनिष्ट पार्टी हरिहरपुगढी गाउँपालिका अध्यक्ष मानवाहादुर वाईबाले पार्टी प्रवेश गराउनु भएको नेपाल कम्युनिष्ट पाटि (नेकपा) सिन्धुलीका सह–इन्चार्ज कमलजंग राइले जानकारी दिनुभयो ।

Comment here