जीवन सैलीसमाचार

मास्क नलगाइ हिड्नेलाई कडा कारबाही हुने

सिन्धुली, २३ असार २०७७

तपाई घरमा नै बस्नु भएको छ भने ठिक छ । यदि घर बाहिर कतै जानु पर्ने भयो भने आफ्नो मुखमा एकपटक छाम्नुहोस मास्क छ कि छैन । यदि छैन भने तपाईलाई प्रहरीले पक्राउ गरि कारवाही गर्ने भएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फिैलदै गएपछि सरकारले मास्क नलगाई हिड्नेलाई कारवाही गर्ने भएको हो । कोरोनाको संक्रमण समुदाय स्तरमा बढ्दै गएपछि स्वास्थ्य सूरक्षाका मापदण्ड पालना नगर्नेलाई कारवाही गर्ने नीति लिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले मन्त्रिपरिषद्ले यसअघि गरेको स्वास्थ्य र सुरक्षा मापदण्डसहित बजार अनुगमन र कार्यान्वयनका लागि निर्देशन दिनुभयो । उहाँले भन्नुभयो ‘ सामाजिक दुरि कायम नगर्ने, मास्क नलगाई हिड्ने जोकोहिलाई पनि प्रहरीले पक्राउ गरी सङ्क्रमण रोग ऐन, २०२० अन्तर्गत कारबाही गर्नेछ ।’

हिडडुल गर्दा, बजारमा किनमेल गर्दा सामान्य दुरी कायम, मास्क लगाउने जस्ता कार्यको पालना नगरेको पाईएपछि सरकारले यस्तो निर्णय गरेको हो । कोरोना भाइरस बाट बच्न र बचाउनु भनेको व्यक्ति–व्यक्ति विचको दुरी कायम गर्ने, सावुन पानीले हात धुने मास्क लगाउने, भिड्भाडमा नजाने जस्ता कार्य गर्नु आवश्यक मानिन्छ ।

Comment here