शिक्षासमाचार

प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई छात्रबृति प्रदान

सिन्धुली, २२ असार २०७७

फिक्कल गाउँपालिकाले प्राविधिक शिक्षा अध्ययन गर्ने ८ जना विद्यार्थीलाई सम्मान गरेको छ । फिक्कल घर भई देशका विभिन्न स्थानमा गई प्राविधिक शिक्षा अध्यन गरि रहेका विद्यार्थीलाई गाउँपालिकाले छात्रबृति प्रदान गरेको हो ।

गाउँपालिकाले ईन्जिनियरिङ, मेडिकल साईन्स, नापी विज्ञान, औषधी विज्ञान, नर्सिङ, कृषि विज्ञान , पशु विज्ञान र वन विज्ञान गरि ८ वटा विधामा प्रति विधा १ जनाका दरले छात्रवृतिको लागि छनौट गरिएको र प्रति विद्यार्थी २५ हजारका दरले छात्रबृति प्रदान गरिएको गाउँपालिका उपाध्यक्ष पार्वती सुनुवारले जानकारी दिनुभयो ।

Comment here