सिन्धुली, २१ असार २०७७
नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुने संख्या १५ हजार ७८४ पुगेको छ। थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार कोरोना भाइरसको संक्रमण भएका तर उपचार पछि निको हुनेको संख्या ६ हजार ५४७ पुगेको छ ।
हाल सम्म क्वारेन्टाइनमा ३१ हजार ५७३ र आइसोलेसनमा एक हजार २०३ जना रहेका छन् ।
Comment here