समाचार

गोलन्जोरले जेष्ठ नागरिक सम्मान गर्दै

सिन्धुली, २१ असार २०७७

यहाँको गोलन्जोर गाउँपालिकाले जेष्ठ नागरिकलाई सम्मान गर्ने भएको छ । गाउँपालिका भित्र रहेका ७० बर्ष माथिका जेष्ठ नागरिकलाई सम्मान गर्ने भएको हो ।

प्रमुख प्रशासकीय अधिकृत अर्जुन दजीका अनुसार ७ वटै वडामा असार २२, २३ र २४ गते जेष्ठ नागरिकलाई सम्मान गरिने छ । गाउँपालिकाको बार्षिक कार्यक्रम अनुसार ७० बर्ष माथिका सवै जेष्ठ नागरिकलाई सम्मान गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

हरेक वडा वडामा गएर गाउँपालिका अध्यक्ष पुष्प कार्की, उपाध्यक्ष गंगादेवी श्रेष्ठले नागरिकलाई सम्मान गर्ने कार्यक्रम रहेको उहाँको भनाई रहेको छ । हरेक जेष्ठ नागरिकलाई एक जोर कपडा सहित सम्मान गरिने प्रमुख प्रशासकीय अधिकृत दर्जीले जानकारी दिनुभयो ।

Comment here