जीवन सैलीसमाचार

अनिता होमियो प्याथिकमा विरामी जाँच्ने नक्कली डाक्टर

सिन्धुली, २० असार २०७७
सिन्धुलीको कमलामाई नगरपालिका ६ शिवनगरमा रहेको अनिता होमियो प्याथिकमा नक्कली डाक्टरले विरामी जाँज गर्ने गरेको पाईएको छ ।
बिहिबार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीको आयोजनामा गरिएको अनुगमनका क्रममा यस्तो पाईएको हो ।

प्याथिकका सञ्चालक सञ्जिव कुमारलाल दास आफु डाक्टर नभएपनि डाक्टर हुँ भन्दै विरामी जाँच्ने गरेको पाईएको जिल्ला आर्युवेद स्वास्थ्य केन्द्र सिन्धुलीका सूचना अधिकारी दिपक तिमलसिनाले जानकारी दिनुभयो ।

साथै दासले म्याद सकिएका औषधि विक्रिका लागि राख्नुका साथै कानुन विपरित आयुर्वेदिक फार्मेसिमा एलोप्याथिक प्रणलीबाट उत्पादित गर्भनिरोध औषधीहरु समेत राखेको पाईएको उहाँको भनाई रहेको छ ।

कार्यालयले शुक्रबार दासलाई जिल्ल प्रशासन कार्यालय सिन्धुलीमा हाजिर हुन बोलाएको र आवश्यक केही प्रमाणपत्र देखाएकाले आगामी दिनमा विरामी नजाँच्ने र डाक्टरको प्रिस्केप्सन अनुसार मात्र औषधि विक्रि गर्ने सर्तमा जिल्ला प्रशासनले पठाएको उहाँको भनाई रहेको छ । दासलाई कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय सिन्धुलीलाई आइतबार अनुगमन प्रतिवेदन दिईने स्वास्थ्य केन्द जनाएको छ ।

Comment here