जीवन सैलीसमाचार

दिपराज थापाद्धारा मेडिकल स्वास्थ्य सामाग्रि गाउँपालिकालाई उपलब्ध

सिन्धुली, १९ असार २०७७

मरिण गाउँपालिका ७ घर भई हाल स्वीडेनमा रहनु भएका दिपराजथापाले मरिण गाउँपालिकालाई स्वास्थ्य सामाग्री उपलब्ध गराउनु भएको छ । गाउँपालिकालाई कोरोना विरुद्ध लड्न आवश्यक पर्ने स्वास्थ्य सामाग्री उहाँले उपलब्ध गराउनु भएको हो ।

मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनलाई दिपराजका बुबा लालबहादुर थापाले हस्तान्तरण गर्नुभएको हो ।गाउँपालिका अध्यक्ष बम्जनलाई लालबहादुरले एक लाख मुल्य बराबरको स्वास्थ्य सामाग्री प्रदान गरेको बताउनुभयो ।

पिपिइसेट ३ सेट, सर्जिकल मास्क १५००, केएन ९५ मास्क, स्यानिटाइजर, पन्जा लगायतका मेडिकल स्वास्थ्य सामाग्रि गाउँपालिकालाई उपलब्ध भएको मरिण गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष बम्जनले विदेशमा रहेर पनि आफु जन्मिएको स्थानमा स्वास्थ्य सामाग्रि उपलब्ध गराएकोमा धन्यबाद दिनुभयो । सवैको साथ सहयोगले नै कोरोनासंग जित्ने मनोवल उच्च रहने बताउनुभयो । यस अवस्थामा कोरोना संक्रमितको उपचार गर्दा आवश्यक पर्ने मेडिकल स्वास्थ्य सामाग्री अभाव हुन नदिन दिपराज थापाले सहयोग गरेकोमा सिंगो गाउँपालिकालाई कोरोनासंगको लडाइमा अघि बढ्न उर्जा मिलेको बताउनुभयो ।

गाउँपालिका अध्यक्ष बम्जनले भन्नुभयो ‘मरिण गाउँपालिका वडा न ७ देवजोरमा जन्मेर हाल स्विडेनमा रहनुभएका दिपराज थापाले ,यस मरिण गाउँपालिका भित्र रहेका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुले यस कोरोना महामारीको बिचमा पनि सुरक्षित तवरले सेवा प्रबाह गर्न सकुन भन्ने उदेश्यले करिब १ लाख बराबरको स्वास्थ्य सुरक्षा सामग्रीहरु पठाउनुभएको छ उहाँलाई गाउँपालिकाको तर्फबाट हार्दिक धन्यवाद दिन चाहान्छौ ।’

Comment here