आर्थिकजीवन सैलीबागमतिसमाचार

गाउँपालिका भरी निःशुल्क एम्बुलेन्स सेवा सुरु : राजु बराल

सिन्धुली, १८ असार २०७७
फिक्कल गाउँपालिका ५ सोल्पाठानामा २४ सै घण्टा एम्बुलेन्स सेवा सुचारु गरिएको छ । गाउँपालिकाको समन्वय र बागमती प्रदेश सरकारको लगानीमा एम्बुलेन्स खरिद गरि सेवा सुरु गरिएको हो ।

उक्त एम्बुलेन्स सुरु भएसंगै त्यस क्षेत्रका बासिन्दालाई विरामी हुँदा उपचारका लागि अस्पताल जान सहज भएको छ । वडा अध्यक्ष राजु बरालले सोल्पाठाना स्वास्थ्य चौकीमा रहेको एम्बुलेन्स सेवा लिदा जेष्ठ नागरिक र गर्भवतीलाई गाउँपालिका भरी निःशुल्क गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘फिक्कल गाउँपालिका भित्रका जुन सुकै स्वास्थ्य संस्थामा गएमा वा स्वास्थ्य संस्थाबाट घर गएमा शुल्क नलाग्ने र गाउँपालिका बाहिर जाँदा ५० प्रतिशत छुट गरेका छौ ।’

उहाँले आफुले चुनावका बेला स्वास्थ्य चौकीमा एम्बुलेन्स सेवा सुचारु गर्ने प्रतिबद्धता गरेको र आज पुरा गरेको जानकारी दिनुभयो । साथै चुनवका बेला लिफ्टबाट खानेपानी, सडक विस्तार लगाएतका प्रतिबद्धताहरु यस अघि नै पुरा गरि सकेको जानकारी दिनुभयो ।

चुनावका बेला गरेका सवै प्रतिबद्धता पुरा हुने उहाँको भनाई रहेको छ । वडा नं ५ का झगरेवेसी, सिरुडाडा, कर्फु, सोल्पा भञ्ज्याङ, गैरीगाउँ र डाडा गाउँमा यस बर्षको दशैमा विजुली बत्ति सुचारु हुने वडा अध्यक्ष बरालले बताउनुभयो । यसका लागि आवश्यक सवै प्रक्रिया पुरा भएको र लकडाउनका कारण ढिला भएको उहाँको भनाई रहेको छ । लकडाउन भएपनि अव छिट्टै विद्युत विस्तारको काम सुरु हुने उहाँले बताउनुभयो ।

Comment here