जीवन सैलीसमाचार

सिन्धुलीमा थप एक पुरुषमा कोरोना संक्रमण

सिन्धुली, १७ असार २०७७
सिन्धुलीमा थप एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयले सिन्धुलीबाट पठाईएको स्वाव परिक्षण गर्दा उक्त पूरुषमा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

दुधौली नगरपालिकाका प्रवत्ता रितेश राउतका अनुसार दुधौलनगरपालिका २ का ३५ वर्षिय पुरुषमा कोरोना पोजेटिभ आएको हो । झण्डै १२ दिन अघि साउदीबाट आई उहाँ भलुवाईमा रहेको क्वारेन्टाइनमा बस्दै आउनु भएको थियो । उहाँको हाल सम्म स्वास्थ्य अवस्था सामान्य नै रहेको बताईएको छ ।

संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी गर्ने कार्य समेत सुरु भएको मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ ।
आज सिन्धुलीमा १ पुरुष ,भक्तपुरमा १ पुरुष, १ महिला गरि दुई जना, ललितपुरमा ३ महिला दुई पुरुष गरि ५ जना, चितवनमा १० पुरुष र दुई महिला गरि १२ जना, काठमाण्डौमा ५ पुरुष र ५ महिला गरि १० जना गरि थप ३० जना नयाँ संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
संक्रमितको सम्पर्कमा आएका व्यक्तिको खोजी र आवश्यक व्यवस्थापनको काम सुरु भएको मन्त्रामलयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.पुरुषोतमराज सेढाइका अनुसार हाल सम्म बागमती प्रदेशमा १११८५वटा क्वारेन्टाईन बेड ब्यवस्थापन गरेकोमा अहहले २२१७ जना बस्दै आउनु भएको र ११०९ जना अहिले होमक्वारेन्टाईनमा बस्दै आउनुभएको मछ । प्रदेशमा १२८६ वटा आइसोलेशन बेड तयारी अवस्थामा रहेको छ जसमा अहहले २५७ जना बस्दै आउनु भएको छ ।

Comment here