बागमतिसमाचार

धान दिवस तीनपाटन १ वेलघारीमा मनाइयो

सिन्धुली, १५ असार २०७७

आज १७ औं धान दिवस तिनपाटन गाउँपालिका वडा नं। १ ले वेलघारीमा धान रोपाई गरि दिवस भज्य रुपमा मनाएको छ । ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने नाराका साथ वडा कार्यालयको आयोजनामा धान रोपाई दिवस मनाईएको हो ।

वडा अध्यक्ष गोविन्द राउतको अध्यक्षता एवं गाउँपालिका उपाध्यक्ष पदरमाया तामाङको प्रमुख आतिथ्यतामा धान रोपाई दिवस मनाईएको थियो । वडा अध्यक्ष राउतले वेलघारीमा हाल सम्म ६० प्रतिशत धान रोपाई सकिएको जानकारी दिनुभयो ।

यस बर्ष मनसुन र मौसम दुवैले साथ दिएकाले आगामी बर्ष धानको उत्पादन बृद्धि हुने अपेक्षा गरिएको उहाँको भनाई रहेको छ । यस बर्ष वेलै देखी पर्याप्त पानी भएकाले पाखा भित्ताका खेतमा समेत धान रोपाई भएकाले गत बर्षको भन्दा बढी क्षेत्रफलमा धान खेती हुने उहाँको भनाई रहेको छ । धानको उत्पादनलाई बृद्धि गराउन वडाले यस अघि ७० प्रतिशत अनुदानमा धानको विउ किसानलाई वितरण गरेको थियो ।

धान रोपाई दिवसमा तीनपाटन उद्योग बाणिज्य संघका प्रतिनिधी , सामुदायक मेलमिलापका प्रतिनिधी, स्थानीय राजनितक दलका प्रतिनिधी, भद्रभलादमी सहित स्थानीय किसानको उल्लेखनिय सहभागिता रहेको राउतले जानकारी दिनुभयो ।

Comment here