समाचार

५० प्रतिशत अनुदानका किसानलाई मिनिटिलर वितरण

सिन्धुली, १५ असार २०७७
कमलाकाई नगरपालिकाले आज ५० प्रतिशत अनुदानमा मिनिटिलर वितरण गरेको छ । १७ औं धान दिवसको अवसरमा कमलाकाईका विभिन्न वडाका १० जना किसानलाई मिनिटिलर वितरण गरेको हो ।

कमलाकाई नगरपालिकाका मेयर खड्गबहादुर खत्री, उपमेयर मञ्जु देवकोटा र प्रमुख प्रंशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले मिनिटिल किसानलाई हस्तान्तरण गर्नु भएको कृषि प्राविधिक देवी सापकोटाले जानकारी दिनुभयो ।

उहाँका अनुसार कमलाकाई नगरपालिकाले ५० प्रतिशत अनुदानका वडा नंं १ का १ जना, वडठा नं. २ का २, ४ का १ जना, ५ का १ जना, ७ का २ जना, १० का १ जना, ११ का १ जना र १२ का १ का एक जना गरी १० जनानलाई वितरण गरिएको हो । कृषिमा यान्त्रीकरण गर्दै युवालाई कृषि पेसामा आबद्ध गराई कृषिको व्यवसायिकरण गर्न मिनिटिलर वितरण गरिएको हो ।

Comment here