आर्थिकबागमतिसमाचार

कमलामाइले सलह प्रति किलो ३० रुपैंया किन्ने

सिन्धुली, १५ असार २०७७

कमलामाई नगरपालिकाले सलह प्रति किलो ३० रुपैंयामा किन्ने निर्णय गरेको छ । आज बसेको विपद व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

समितिका संयोजक तथा मेयर खड्गबहादुर खत्रीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको कृषि प्राविधिक देवी सापकोटाले जानकारी दिनुभयो ।

कमलामाई नगरपालिकाका केही क्षेत्रमा स–सानो झण्डमा सलह देखा परेकाले सलहको संख्या कमगर्न नगरपालिकाले यस्तो निर्णय गरेको उहाँको भनाई रहेको छ । किसानले आफ्नो खेतीवालीको नियमित रुपमा निरिक्षण गर्नु पर्ने र सलह देखा परे भगाउने तथा समाइ नियन्त्रण गर्ने कार्यमा सहयोग गर्न उहाँको आग्रह रहेको छ ।

सलह कुनै व्यक्ति ,तथा सरकारको मात्र समस्या नभएको भन्दै यो सवैको साझा समस्यामा सवै एक जुट हुनु पर्नेमा मेयर खत्रीले  जोड दिनुभएको उहाँले जानकारी दिनुभयो । रोपाई गर्ने वेलामा धानको विऊ सलहबाट जोगाउन समेत उहाँको किसानलाई आग्र रहेको छ ।

कमलामाईको वडा नं १ को डाडी, २ को भद्रकाली, खोल्मोडाडा, ४ को फाट, ७ को बासकटेरी, ८ बाघमारा, १० को भडार र ११ को बेसारेमा सलह देखिएको बताइएको छ ।

Comment here