बागमतिसमाचार

रानीचुरी, रंगमहल, बेलाहा, ज्यामिरे र मुजुरामा निभ्यो टुकी बल्यो विजुली

सिन्धुली, १३ असार २०७७

यहाँको कमलामाई नगरपालिका १० को रानीचुरी, रंगमहल, बेलाहा, ज्यामिरे र मुजुरामा आजबाट विजुली बत्ति स्थानीयले बाल्न पाएका छन् ।
कमलामाई नगरपालिकाको लगानीमा ‘नगरबासिको चाहाना, उज्यालो नगरपालिका हाम्रो कामना’ भन्ने लक्ष्यका साथ त्यस क्षेत्रमा विद्युत विस्तार गरिएपछि स्थानीयले विजुली बत्ति बाल्न पाएका हुन् ।

आज उक्त क्षेत्रमा कमलामाई नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले विद्युतको ट्रान्सफर्मरमा फ्युज जोडि विद्युत विस्तार गर्नु भएको हो । त्यसपछि विद्युत सञ्चालन तथा उद्घाटन कार्यक्रममा संवोधन गर्दै नगरपालिकाले सवै क्षेत्रमा विद्युत विस्तार गर्ने लक्ष्य अनुरुप काम भै रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘विद्युत विस्तार गरिदिने काम कमलामाई नगरपालिको ग¥यो अव तपाइले विद्युतलाई उत्पादनमुलक कार्यमा खपत गर्न सक्नुस ।’ साथै यहाँ स्थानीयले माग गर्दै आएको विजुली सडक विद्यालय सवै पुरा भएको भन्दै सडक गाडी गुडाउने र हिड्न मात्र नभई यहाँको उत्पादित कृषि बस्तु बजारीकरण गर्न पनि भएकाले यहाँ सम्भावना रहेका कृषि व्यवसाय गर्न आग्रह गर्नुभयो । कमलामाई नगरपालिकाले कृषिलाई प्राथामिकता दिएको भन्दै यस क्षेत्रका स्थानीयले अव हामी यस क्षेत्र भन्दा बाहिरको कृषि बस्तुको खरिद गरि ल्याउने छैनौ र यहाँको अर्गानिक बस्तु बाहिर विक्रि गर्नेछौ भन्ने संकलप गर्न आग्रह गर्नुभयो ।

विद्युत उद्घाटन कार्यक्रममा उपमेयर मञ्जु देवकोटाले चुनावका बेला गरेको प्रतिबद्धता अनुसार यस क्षेत्रमा सडक र विजुली दुवै आएको बताउनुभयो । स्थानीयको श्रमदानले यस क्षेत्रमा विजुली बत्ति बाल्न पाएकोमा स्थानीयलाई नै धन्यवाद दिदै अव विद्युतलाई उत्पादन मुलक कार्यमा खपत गर्न सके आय आर्जन गर्न सक्ने बताउनुभयो ।

उहाँले फरक प्रसंगमा बोल्दै कमलामाई नगरपालिकाले युवालाई सिप, प्रविधि र प्राविधिक  दिन तयार रहेकाले घरमा नै बसि कृषि वयबसाय सञ्चालन गरि स्वरोजगार बन्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो ‘तपाई योजना बनाउनुस कमलामाई नगरपालिका तपाई कृषकको साथमा रहने छ र उत्पादीत बस्तु विक्रि नभए बजारीकरण गर्न पनि सघाउने छ ।’

यस्तै वडा अध्यक्ष वडा नं १० रामहरी ढुंगेलले रानीचुरी, रंगमहल, बेलाहा ज्यामिरे र मुजुराका १४० घरधुरीमा शनिबारदेखि बिजुली बलेको जानकारी दिनुभयो । कोभिड–१९ का कारण सरकारले लागू गरेको बन्दाबन्दीका बीच पनि केही बाँकी कामलाई निरन्तरता दिएर बत्ती बाल्न सफल भएको उहाँले बताउनुभयो । नगरबासीको चाहाना अँध्यारो मुक्त नगर हाम्रो कामना अन्र्तगत हालसम्म वडा नं १० मा ९९.५ प्रतिशत घरमा बिजुली बलिसकेको वडाध्यक्ष ढुङ्गेलले बताउनु भएको छ ।

कमलामाई नगरपालिकाको आर्थिक सहयोग र स्थानीयको श्रमदान गरि एक करोड सात लाखको लागतमामा विद्युत विस्तार गरिएको कमलामाई नगरपालिकाका इन्जिनियर विनोद खकुरालले जानकारी दिनुभयो । गाउँमा पहिलोपटक विद्युत् पुगेपछि स्थानीयवासी खुशी छन् ।

Comment here