जीवन सैलीबागमतिसमाचार

सिन्धुलीमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि

सिन्धुली, १२ असार २०७७
सिन्धुलीमा थप तीन जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । सिन्धुलीबाट स्वाव संकलन गरि पठाईएका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सिन्धुलीबाट परिक्षणका लागि श्वाव प्रादेशिक अस्पताल हेटौडामा पठाएकोमा उहाँहरुमा कोरोना पोजेटिभ देखाएको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाहाले जानकारी दिनुभयो ।

उहाँका अनुसार कमलामाई नगरपालिका ७, १४ र दुधौली नगरपालिका ८ गरी तीन पुरुषमा कोरोना संक्रमण भएको र उहाँहरुको सिन्धुली अस्पतालमा उपचार भै रहेको उहाँले जानकारी दिनुभयो । उहाँहरुको हाल सम्मको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

तीनै जना पुरुष भारतबाट आई सिन्धुलीमा क्वारेन्टाइनमा बस्दै आएका थिए । क्वारेन्टाइनबाट उहाँहरुको स्वाव संकलन गरि पठाइएको थियो । सिन्धुलीमा कोरोना संक्रमितको संख्या ७ पुगेको छ ।

यसैविच सिन्धुली अस्पतालमा इर्मजेन्सी कक्षमा उपचाररत २१ बर्षिय महिलाको मृत्यु भएको छ । जिल्लाको घ्याङलेख गाउँपालिका माइत महोत्तरीबाट एक साता अघि आएको तर उच्च ज्वरो, स्वासप्रश्वासमा समस्या आएपछि सिन्धुली अस्पतालमा ल्याईएको थियो । कोरोना भाइरस भए नभए बारे परिक्षण गर्न स्वाव पठाइएको छ ।

Comment here