बागमतिसमाचार

अनुदानमा फलफुलका विरुवा वितरण जारी छ : राउत

सिन्धुली, १२ असार २०७७

सिन्धुलीका तीनपाटन गाउँपालिका वडा नं. १ मा अनुदानमा फलफुलका विरुवा वितरण गरिएको छ । लिचि, अनार, कागति र अम्बाका विरुवा वडाले अनुदानमा वितरण गरेको हो ।

प्रति विरुवा ७५ रुपैंयामा किनेर वडाबासिलाई अनुदानमा ३० रुपैंयामा उपलब्ध गराईएको वडा अध्यक्ष गोविन्द राउतले जानकारी दिनुभयो । उहाँका अनुसार अनार १६००, लिचि १६००, अम्बा ५०० र कागती ५०० गरि ४२०० वटा  उन्नत जातको विरुवा खरिद गरि ल्याईएको उहाँको भनाई छ ।

हाल सम्म २२ सय वटा विरुवा स्थानीयलाई वितरण गरिएको र अवको केही दिनमा सवै विरुवा वितरण गरि सकिने उहाँको भनाई छ । यहाँको हावा, पानी, माटो सुहाउदो र प्राविधिकसंगको सल्लाहमा विरुवा ल्याईएको उहाँको भनाई रहेको छ । वडामा रहेका ९०० घरधुरीले अनिवार्य रुपमा विरुवा रोप्नु पर्ने उहाँको भनाई रहेको छ ।

उहाँले भन्नुभयो ‘उत्पादनका हिसावले यहाँ अनार र लिचिको प्रचुर सम्भावना भएकाले कृषकलाई व्यवसायिक रुपमा यसको खेती गर्न प्रोत्साहन गर्ने उद्धेश्यले एक घरले अनार र लिचि दुई–दुई वटा विरुवा अनिवार्य रुपमा रोप्नु पर्नेछ ।’

वडामा रहेको बाँझो जमिनको सदुपयोग गर्न र स्थानीयलाई व्यवसायिक रुपमा फलफुल खेती तर्फ आर्कषित गर्न यस्तो कार्यक्रम ल्याईको उहाँको भनाई रहेको छ । उन्नत जातका फलफुलका विरुवाले उत्पादन बृद्धि गर्ने र व्यवसायिक रुपमा स्थानीयले लिचि, अनारको खेती गरे उत्पादीत फलको बजारीकारण गर्न वडाले सघाउने उहाँको भनाई रहेको छ । माटो सुहाउदो कृषि कर्मले आर्थिक विकासमा फड्को मार्न सकिने भएकाले फलफुलका विरुवा गरिएको वडा अध्यक्ष राउतको भनाई रहेको छ । अहिले लिचि–अनारको विरुवा अनिवार्य गरिएको र अम्बा–कागतिको विरुवा लगाउन वडाले अनिवार्य नगरेको उहाँको भनाई रहेको छ । फलफुल मानव स्वास्थ्यका लागि फाइदाजनक र व्यवसायिक रुपमा खेती गर्दा आम्दानी गर्न सकिने भएकाले विरुवा लगाउन स्थानीय इच्छुक र उत्साहित भएको जानकारी दिनुभयो ।

Comment here