बागमतिसमाचार

फिक्कल गाउँपालिकाले भन्यो ‘जनप्रतिनिधिहरु प्रति राजनितिक प्रतिशोधको कुचेष्ठा नगर्नु’

सिन्धुली, ११ असार २०७७
सिन्धुलीको फिक्कल गाउँपालिकाले पर्दा पछाडी बसेर निर्वाचित जनप्रतिनिधिहरु प्रति राजनितिक प्रतिशोधको कुचेष्ठा नगर्न आग्रह गरेको छ । यदि पर्दा पछाडि बसेर राजनीति गर्न खोजेको भए त्यस्ता प्रबृत्ति विरुद्ध जुनसुकै कदम चाल्न तयार रहने फिक्कल गाउँपालिकाले जनाएको छ ।

आज गाउँपालिकाका प्रबत्ता राजु बरालले प्रेस विज्ञप्तीमा जारी गर्दै समाज परिर्वतनको जिम्मेवारी लिएका जनप्रतिनिधि सर्वदा सचेत भएर उदारणीय भूमीका निर्वाह गरि रहेको उल्लेख गर्नु भएको छ । यस अवस्थामा जनप्रतिनिधिको चरित्र हत्या गर्ने गरि राजनैतिक पुर्वाग्रह राखी केही सञ्चारमाध्यमले प्रकासन गरेको समाचार प्रति ध्यानाकष्र्ण भएको छ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तीमा ‘महिला जनप्रतिनिधिहरु आफ्नो घरिवारको जिम्मेवारीसंगै समाजप्रति उत्तरदायि भई अनुशासित रुपमा क्रियाशिल भई रहेको अवस्थामा पर्दा पछाडी बसि राजनीति गरेर पारिवारीक जीवननै समाप्त गर्ने किसिमका वेप्रमाणका समाचार प्रकासिशत भएकोमा गाउँपालिकाले घोर भत्सना र निन्दा गर्दछौ ।’ उल्लेख गरिएको छ ।

समाचार प्रकाशित गर्ने व्यक्ति वा संस्थासंग उक्त प्रकाशित समाचारलाई पुष्ट्याई गर्ने कुनै प्रमाण छ भने गाउँपालिकालाई उपलब्ध गराए त्यसको सत्य तथ्य बुझि कानुनी प्रक्रियामा जाने समेत उल्लेख गरिएको छ ।

यसरि निराधार समाचार प्रकाशित गरि पर्दा पछाडी बसि फिक्कल गाउँपालिकाका जनप्रतिनिधिहरु प्रति राजनैतिक प्रतिशोध साध्ने कुचेष्टा कसैले गर्न खोजेको हो भने त्यस्ता प्रवृत्ति बिरुद्ध जस्तो सुकै कदम चाल्न तयार रहने विज्ञप्तीमा उल्लेख गरिएको छ । साथै फिक्कल गाउँपालिकाले विज्ञप्ति मार्फत आगमी दिनमा व्यक्तिको पारिवारिक तथा सामाजिक जीवन नै नष्ट हुनेगरि आधारहिन वेप्रमाणका समाचार प्रकाशित नगर्न संञ्चार संस्थालाई आग्रह गरेको छ ।

गाउँपालिकाका प्रवत्ता राजु बरालले निर्वाचित जनप्रतिनिधिमाथि प्रतिशोधका लागि चरित्र हत्या गर्ने कार्य गरेको र यस विरुद्ध आवश्यक कानुनी कदम चालिने बताउनुभयो ।

Comment here