राजनीतिशिक्षा

अभिभावकलाई शुल्क नतिर्न अनेरास्ववियुको अपिल, संघर्षमा उत्रने

सिन्धुली, ९ असार २०७७

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटि सिन्धुलीले लकडाउन अवधिभरको शैक्षिक शुल्क नतिर्न आग्रह गरेको छ ।
निजि विद्यालयहरुले सरकारको आग्रह विपरित अभिभावकसंग शुल्क लिने तयारी गरेको अवस्थामा उस्ले यस्तो आग्रह गरेको हो ।

संयोजक गोकर्ण भूजेल, सह–संयोजक भानुभक्त श्रेष्ठद्धारा जारी गरिएको प्रेस विज्ञप्तिमा विद्यार्थी र अभिभावहरुको ढाड सेक्नेगरी कुनै पनि किसिमको गतिविधि गरिएको पाईए अनेरास्ववियू सिन्धुली कडा संघर्षमा उत्रने उल्लेख गरिएको छ ।

‘विश्व नै लकडाउनको जटिल अवस्थामा लडिरहेको वेला नीजि क्षेत्रवाट संचालित विद्यालयहरुको संगठन प्याब्सन र एन प्याब्सनले विद्यार्थी र अभिभावकको ढाड सेक्नेगरी शुल्क असुल्न गरीएको उर्दी प्रति हाम्रो संगठन अनेरास्ववियू सिन्धुलीको गम्भीर ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

लकडाउन अवधिभर विद्यार्थी वा अभिभावकलाई कुनै पनि किसिमको शुल्क तिर्न दवाव दिने वा विभिन्न अनलाईन कक्षा संचालन गरिराको देखाई वाध्य पार्ने काम नगर्न समेत नीजि शैक्षिक संस्थाका संचालकहरुलाई विज्ञप्ति मार्फत अनुरोध गरिएको छ ।

अन्यथा विद्यार्थी र अभिभावहरुको ढाड सेक्नेगरी कुनै पनि किसिमको गतिविधि गरिएमा अनेरास्ववियू सिन्धुली कडा संघर्षमा उत्रने चेतावनी समेत दिन चाहन्छौ विज्ञप्तिमा भनिएको छ । यसवाट आउने परिमाणको जिम्मेवार स्वय प्याब्सन र एन प्याब्सन हुनुपर्ने समेत जानकारी अनेरास्ववियुले विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

Comment here